नयाँ दिल्ली । कोरोना भाइरसको महामारी अन्त्य हुने बित्तिकै भारतले सन् २०३२ मा हुने ओलम्पिक खेलकुद आयोजना सञ्चालन गर्न दावेदारी दिने भएको छ ।
भारतीय ओलम्पिक कमिटीका अध्यक्ष नरिन्दर बत्राले यति ठूलो खेलकुद मेला आयोजना गर्न भारतले अझै धेरै सिक्नुपर्ने भए पनि आफूहरू निरुत्साहित भने नभएको बताउनुभएको छ । दस वर्षअघि भारतले कमनवेल्थ प्रतियोगिता आयोजना गरिसकेको छ ।
अध्यक्ष बत्राले ‘हामी ठूला खेलकुद मेला सञ्चालन गर्न गम्भीर छौँ । सन् २०२६ को युथ ओलम्पिक र सन् २०३२ मा हुने ओलम्पिकको आयोजनाको दावेदारी दिने योजना छ’ भन्नुभयो । भारतले आफ्नो इच्छाका बारेमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई लिखित पत्र बुझाइसकेको छ । सन् २०२६ मा आयोजना हुने युथ ओलम्पिकका लागि थाइल्यान्ड, रुस र कोलम्बियाले पनि दावेदारी दिँदैछन् ।
यसैगरी सन् २०३२ मा हुने ओलम्पिक खेलकुदका लागि अष्ट्रेलियाको क्विन्सल्यान्ड, चीनको साङघाई र दक्षिण कोरियाको सोल र प्योङयाङ (संयुक्त) ले पनि दावेदारी दिने बताइसकेका छन् ।
अहिले कोरोना भाइरसका कारण यी सबै दावेदारी राष्ट्र शान्त छन् । अन्तर्राष्ट्रिय हकी महासङघका समेत अध्यक्ष रहनुभएका बत्राले ‘सन् २०३२ का लागि सबै कागजात तयार भइरहेको तर कोरोनाको महामारीले अहिले यो सबै फ्रिज भएर बसेको छ’ भन्नुभयो । ”अहिले हामीसँग टिम छ । जसले थुप्रै आयोजना स्थलको सम्भाव्यता अध्ययन गरिरहेको छ । हामी सो टिमसँग छलफल गरिरहेका छौँ । सो टिमले रिपोर्ट पेस गर्नेछ । मलाई लाग्छ यस सम्बन्धमा आगामी डिसेम्बरसम्म केही क्रियाकलाप हुने छैनन्”, भारतका सबभन्दा प्रभावशाली खेलकुद पदाधिकारीका रूपमा मानिनुभएका बत्राले भन्नुभयो ।
नयाँ दिल्लीले सन् २०१० मा कमनवेल्थ खेलकुद आयोजना गरिसकेको छ यद्यपि सो समय भौतिक पूर्वाधार समयमै नसकिनु मात्र होइन भारतीय ओलम्पिक कमिटीलाई आर्थिक घोटालाको पनि आरोप लागेको थियो । त्यसपछि नयाँ दिल्लीले सन् २०२१ मा हुने विश्व बक्सिङ च्याम्पियनसिपको आयोजना गुमाएको थियो । बक्सिङको सर्वोच्च सङघले आयोजकले आयोजना शुल्क समयमा नतिरेको भन्दै भारतलाई विश्व बक्सिङको आयोजनाबाट वञ्चित पारेको थियो ।
बत्राले ओलम्पिक होस् वा अन्य ठूला खेलकुद हुन् भारतसँग आयोजना गर्ने क्षमता रहेको बताउनुभयो ।
अहिले खेलकुद ठप्प हुँदा सन् २०३२ को ओलम्पिक आयोजना गर्ने राष्ट्रको निर्णय भने सन् २०२५ मा मात्र हुने सम्भावना धेरै छ । भारत एक अर्ब ३० करोड जनसङख्या भएको ठूलो राष्ट्र हो । यद्यपि क्रिकेटमा मात्र बढी ध्यान दिने भारतले सन् २०१६ को रियो ओलम्पिकबाट मात्र दुई पदक हात पारेको थियो । एएफपी
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो