लण्डन । कास्की रुपाकोट स्थायी घर भई बेलायतकाे ननिटन बस्दै आएकी श्रीमती भाइसिरी गुरुङको निधन भएको छ ।
उनकाे ७३ वर्षको उमेरमा स्थानीय जर्ज इलियट अस्पतालमा आज निधन भएको स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुमगरले जानकारी दिए । उनी १७ अप्रिलका दिन अस्पताल भर्ना भएकी थिइन् । उच्च रक्तचापकी बिरामी उनलाई खाना नरुच्ने, टाउको दुख्ने लक्षण देखा परेपछि अस्पताल लगिएको थियो ।
उनी पूर्व गोरखा सैनिक श्रीमान तोपबहादुर गुरुङसँगै सन् २०१३ देखि ननिटन बस्दै आएकी थिइन् । उनका श्रीमान गोरखा इन्जिनियर्सका पूर्व सैनिक हुन् ।
उनको श्रीमानलाई टाउको दुख्ने र ज्वरो आउनेलगायतका कारणले अहिले घरमै आइसोलेसनमा बसेका छन । उनको नेपालमा एक छोरा नेपालमै रहेको बताइएको छ ।
करिब २ हजार ५०० नेपालीको बसोबास रहेको ननिटनमा कोरोना संक्रमणबाट नेपालीहरु निकै प्रभावित भएका छन् । तीन साता यता ननिटनमा ६ जना नेपालीको निधन भइसकेको छ । जसमा तीन महिला र तीन पूर्व गोरखा सैनिक छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते