लण्डन । कास्की रुपाकोट स्थायी घर भई बेलायतकाे ननिटन बस्दै आएकी श्रीमती भाइसिरी गुरुङको निधन भएको छ ।
उनकाे ७३ वर्षको उमेरमा स्थानीय जर्ज इलियट अस्पतालमा आज निधन भएको स्थानीय ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुमगरले जानकारी दिए । उनी १७ अप्रिलका दिन अस्पताल भर्ना भएकी थिइन् । उच्च रक्तचापकी बिरामी उनलाई खाना नरुच्ने, टाउको दुख्ने लक्षण देखा परेपछि अस्पताल लगिएको थियो ।
उनी पूर्व गोरखा सैनिक श्रीमान तोपबहादुर गुरुङसँगै सन् २०१३ देखि ननिटन बस्दै आएकी थिइन् । उनका श्रीमान गोरखा इन्जिनियर्सका पूर्व सैनिक हुन् ।
उनको श्रीमानलाई टाउको दुख्ने र ज्वरो आउनेलगायतका कारणले अहिले घरमै आइसोलेसनमा बसेका छन । उनको नेपालमा एक छोरा नेपालमै रहेको बताइएको छ ।
करिब २ हजार ५०० नेपालीको बसोबास रहेको ननिटनमा कोरोना संक्रमणबाट नेपालीहरु निकै प्रभावित भएका छन् । तीन साता यता ननिटनमा ६ जना नेपालीको निधन भइसकेको छ । जसमा तीन महिला र तीन पूर्व गोरखा सैनिक छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा