लन्डन । कोरोना प्रभावित विद्यार्थी लगायतलाई सहयोग गर्न युकेमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र अन्य संघसंस्थाले आर्थिक संकलन गरिरहेका छन् । बेलायतका नेपाली समुदायमाझ परिचित र अन्तर्राष्ट्रिय सन्जाल भएको एनआरएनए युकेभन्दा नेपाली समुदायमा कमै सुनिएको विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संस्था मर्जिङ नेपसोसले झण्डै दोब्बर आर्थिक संकलन गरेको छ ।
बिहीबारसम्म एनआरएनए युकेले करीब ७ हजार ५ सय पाउण्डको आर्थिक सहयोगको प्रतिवद्धता जुटाएको छ भने मर्जिङ नोपसोसले करिब १२ हजार पाउण्ड उठाइसकेकोे छ ।
एनआरएनए युकेको आर्थिक संकलनको नेतृत्व इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठले गरिरहेका छन् । संयोजक श्रेष्ठले आर्थिक सहयोगको प्रतिवद्धता आइरहेको जानकारी वीनेपालीलाई दिए । ‘कोरोना महामारीका कारण विगतको जस्तो आर्थिक प्रतिवद्धता आएको छैन, उनले भने, ‘तैपनि मैले कोशिस जारी राखेको छु ।’
एनआरएनए युकेले आर्थिक सहयोगलाई प्रभावकारी बनाउन यसैसाता समितिमा केही सदस्यहरु थप गरेको छ ।
यता, विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई राहत सहयोग गर्ने जिम्मा नेपाली दुताबासबाट पाएको मर्जिङ नेपसोसले तीव्र रुपमा आर्थिक संकलनलाई अघि बढाइरहेको अध्यक्ष पवन कंडेलले बताए ।
उनका अनुसार बिहीबारसम्म १२ हजार पाउण्ड खातामा आइसकेको छ । जसमा विद्यार्थीहरु र नेपाली समुदायको सहयोग छ । नेपसोसले अहिलेसम्म १६ जना विद्यार्थीहरुलाई खानाको प्याकेज वितरण गरेको छ भने १९ जनालाई घरमै खाना डेलिभरी गरेको छ । नेपसोसले गरेको अध्ययनमा अहिलेसम्म ७६ जना विद्यार्थीहरुलाई सहयोगको आवश्यकता देखिएको छ ।
बुधबारसम्म नेपसोसको सम्पर्कमा दुई सय ३० जना विद्यार्थी आएका छन् । नेपसोसले विद्यार्थीहरुलाई सहयोगका लागि ५० अभियानकर्ता र १६ जना रहेको हेल्पलाइन टोली बनाएको छ । जसमा अध्ययनको विषय, कलेज वा विश्वविद्यालय, उनीहरुले अध्ययन गरेको विषयहरु, तहहरु र परिवर्तन गर्न चाहेको कोर्षहरु बारेमा बुझिरहेको अध्यक्ष कंडेलले बताए ।
यसबाहेक बेलायती विद्यार्थीहरुले पाउने हार्डसीप फण्डको व्यवस्था, विश्वविद्यालय अध्ययन नगरी नेपाल फर्कन चाहनेलाई रकम फिर्ता, अनलाईन कोषहरु र अनलाईन कोर्ष अध्ययन गर्न छाडेर सेप्टेम्बर सेसनमा विश्वविद्यालय जान चाहनेका लागि के कस्तो गर्न सकिन्छ भनेर विशेष फाराम भराईरहेको छ । राहतको दुरुपयोग नहोस भनेर राहत पाउनेहरुलाई विशेष फाराम भराउने गरिएको छ । जसमा आफ्ना व्यक्तिगत अवस्थाहरुका बारेमा विस्तृत जानकारी दिनुपर्नेछ । आर्थिक राहत लिई सकेपछि खरीद गरेको रिसिट नेपसोसलाई पठाउनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
करिब तीन सय ५० विद्यार्थीहरु कोरोनाबाट प्रभावित भएको अनुमान नेपसोसको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा