लन्डन । बेलायतमा कोरोना संक्रमणबाट एक जना पूर्व प्रधानाध्यापकको निधन भएको छ ।
झापा घरभई अहिले बेलायतको रेडिङमा बस्दै आएका पूर्व प्रधानाध्यापक हंसराज लिङ्देनको बुधबार रोयल बर्कसायर अस्पतालमा निधन भएको हो ।
उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ देखिएको थिएन तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पुष्टी भएको उनका नातेदार विजयविक्रम लिङ्देनले जानकारी दिए । उनलाई तीन दिन अघि मात्र कोरोना पोजिटिभ पुष्टी भएको थियो ।
लिङ्देन सुगर र प्रेसरका विरामी थिए । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो ।
श्रीमती र दुई छोरीका साथ १४ वर्षदेखि रेडिडमा बस्दै आएका लिङ्देन झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए ।
करिब ६५ वर्षीय लिङ्देनका दुई छोराहरु भने बेलायत बाहिर छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा