लन्डन । बेलायतमा कोरोना संक्रमणबाट एक जना पूर्व प्रधानाध्यापकको निधन भएको छ ।
झापा घरभई अहिले बेलायतको रेडिङमा बस्दै आएका पूर्व प्रधानाध्यापक हंसराज लिङ्देनको बुधबार रोयल बर्कसायर अस्पतालमा निधन भएको हो ।
उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ देखिएको थिएन तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पुष्टी भएको उनका नातेदार विजयविक्रम लिङ्देनले जानकारी दिए । उनलाई तीन दिन अघि मात्र कोरोना पोजिटिभ पुष्टी भएको थियो ।
लिङ्देन सुगर र प्रेसरका विरामी थिए । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो ।
श्रीमती र दुई छोरीका साथ १४ वर्षदेखि रेडिडमा बस्दै आएका लिङ्देन झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए ।
करिब ६५ वर्षीय लिङ्देनका दुई छोराहरु भने बेलायत बाहिर छन् ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश