लण्डन । कोरोना संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली मूलकी युवतीको निधन भएको छ ।
मृत्यु हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतकाे ननिटनमा बसोबासरत सुश्री बीमा नाछिरिङ राई छिन् । उनको मंगलबार जर्ज इलिट अस्पतालमा निधन भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए ।
उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिइन् । उनी गत वर्ष मात्र युके आएकी थिइन् ।
मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साता अघि सो अस्पताल भर्ना गरिएको थियो ।
उनको परिवारमा बाबा, आमा र एक बहिनी मात्र छन् ।
उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेरका नेपाली हुन् ।
राईको निधनप्रति ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेले श्रद्धान्जलि व्यक्त गरेको छ । एसोसिएसनले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यसैगरी, किराँत राई यायोख्या ननिटन प्रारम्भिक समितिले राईको निधनप्रति श्रद्धान्जलि प्रकट गरेको छ । यस दुखद घडीमा परिवारजनमा सहने शक्ति मिलोस् भनी यायोख्याले प्रार्थना गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने