लण्डन । कोरोना संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली मूलकी युवतीको निधन भएको छ ।
मृत्यु हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतकाे ननिटनमा बसोबासरत सुश्री बीमा नाछिरिङ राई छिन् । उनको मंगलबार जर्ज इलिट अस्पतालमा निधन भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए ।
उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिइन् । उनी गत वर्ष मात्र युके आएकी थिइन् ।
मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साता अघि सो अस्पताल भर्ना गरिएको थियो ।
उनको परिवारमा बाबा, आमा र एक बहिनी मात्र छन् ।
उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेरका नेपाली हुन् ।
राईको निधनप्रति ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेले श्रद्धान्जलि व्यक्त गरेको छ । एसोसिएसनले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यसैगरी, किराँत राई यायोख्या ननिटन प्रारम्भिक समितिले राईको निधनप्रति श्रद्धान्जलि प्रकट गरेको छ । यस दुखद घडीमा परिवारजनमा सहने शक्ति मिलोस् भनी यायोख्याले प्रार्थना गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा