लण्डन । पूर्व गोरखा सैनिक तथा साहित्यकार गोपाल शाहीको कोरोना संक्रमणका कारण बुधबार लण्डनमा निधन भएको छ ।
उनका नातेदार कपुर राणाका अनुसार कोरोना संक्रमणका कारण लण्डनको रोयल फ्रि अस्पतालमा दुई साताअघि भर्ना भएका ७२ वर्षीय शाहीको बुधबार दिउँसो निधन भएको हो ।
सैनिक नम्बर २११५६०४१ का शाहीले सैन्य जीवनमा गोरखा ट्रान्सपोर्ट रेजिमेण्टमा सेवा गरेका थिए ।
लामो समय दक्षिण पूर्वी लण्डनमा बसोबास गरेका शाही अहिले ह्वाइटसिटी लण्डनमा श्रीमतीसहित बस्दै आएका थिए ।
पुख्र्यौली घर प्यूठान भएका शाहीको परिवार अहिले भैरहवा र भारतको मुम्बईमा बस्ने गरेको छ । उनको श्रीमती, २ छोरी, १ छोरा छन् ।
उनलाई गत वर्ष हृदयाघात भएको थियो । यससँगै उनलाई ढाडको समस्या पनि थियो । पारिवारिक स्रोतका अनुसार शाहीकी श्रीमतीलाई पहिले कोरोना संक्रमण भएको थियो तर उनी अहिले सो संक्रमणबाट मुक्त भएको बताइएको छ ।
ग्रीनीच गोरखा एक्स सर्भिसमेन्स एसोसिएसन (जीगेसा) की पूर्व अध्यक्ष लीलादेवी गुरुङ शाहीसित केही समयअघि भएको बातचित सम्झँदै भन्छिन्, “उहाँको छोराबुहारीलाई बेलायत ल्याउने ठूलो इच्छा थियो ।”
उमेरले बेलायतको वृद्धभत्ता पाउन योग्य भए पनि वृद्धभत्ता नखाने बरु पूर्णकालिन काम गरेर छोराबुहारी बेलायत ल्याउने योजनाका साथ उनले केही समय अघि मात्र सेक्युरिटीको लाइसेन्स निकालेर काम गर्न शुरु गरेका थिए ।
साहित्य सृजनामा सौख राख्ने शाहीको साहित्यिक उपनाम ‘पथिक’ रहेको थियो । उनी दक्षिण पूर्वी लण्डनमा हुने साहित्यिक गतिविधिमा सक्रिय थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा