लण्डन । पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दजंग गुरुङको सोमबार बेलायतमा निधन भएको छ ।
तत्कालीन लमजुङको ताङतिङ गाउँमा जन्मेका गुरुङको ८७ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको उनका नातेदार तथा लण्डन बार्नेट बरो काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले जानकारी दिए ।
गुरुङ २०२१ सालमा तत्कालिन लमजुङ जिल्लाबाट राष्ट्रिय पन्चायतको सदस्य निर्वाचित भएका थिए । त्यसअघि उनी लामो समय गाउँको उपप्रधानपन्च रहेर समाजसेवा गरेका थिए । बहुदल आएपछि पनि उनी क्षेत्रीय सदस्य निर्वाचित भएका थिए ।
ताङतिङ गाउँ पहिले लमजुङमा पर्थ्यो र २०३२ सालदेखि कास्कीमा गाभिएको हो ।
उपमेयर गुरुङ भन्छन्, ‘उहाँ गाउँकाे विकास र समाजसेवामा धेरै लामो समय सक्रिय हुनुहुन्थ्यो ।’
उहाँ गुरुङ जातिको पण्डित हुनुहुन्थ्यो । गुरुङको सँस्कार, सँस्कृति, इतिहासमा उहाँ निपूण हुनुहुन्थ्यो ।
गुरुङ केही वर्षदेखि क्यान्सर रोगबाट थलिएका थिए । करिब एक वर्षयता उनी केयर होममा रहँदै आएका थिए ।
उनको श्रीमती, चार छोरी र एक छोरा रहेका छन् । उनका छोरा तर्कजंग पनि समाजसेवामा सक्रिय छन् । उनी नेपाल भूतपूर्व सैनिक संघ नेसाका महासचिव छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त