लण्डन । पूर्व राष्ट्रिय पन्चायतका सदस्य नन्दजंग गुरुङको सोमबार बेलायतमा निधन भएको छ ।
तत्कालीन लमजुङको ताङतिङ गाउँमा जन्मेका गुरुङको ८७ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको उनका नातेदार तथा लण्डन बार्नेट बरो काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले जानकारी दिए ।
गुरुङ २०२१ सालमा तत्कालिन लमजुङ जिल्लाबाट राष्ट्रिय पन्चायतको सदस्य निर्वाचित भएका थिए । त्यसअघि उनी लामो समय गाउँको उपप्रधानपन्च रहेर समाजसेवा गरेका थिए । बहुदल आएपछि पनि उनी क्षेत्रीय सदस्य निर्वाचित भएका थिए ।
ताङतिङ गाउँ पहिले लमजुङमा पर्थ्यो र २०३२ सालदेखि कास्कीमा गाभिएको हो ।
उपमेयर गुरुङ भन्छन्, ‘उहाँ गाउँकाे विकास र समाजसेवामा धेरै लामो समय सक्रिय हुनुहुन्थ्यो ।’
उहाँ गुरुङ जातिको पण्डित हुनुहुन्थ्यो । गुरुङको सँस्कार, सँस्कृति, इतिहासमा उहाँ निपूण हुनुहुन्थ्यो ।
गुरुङ केही वर्षदेखि क्यान्सर रोगबाट थलिएका थिए । करिब एक वर्षयता उनी केयर होममा रहँदै आएका थिए ।
उनको श्रीमती, चार छोरी र एक छोरा रहेका छन् । उनका छोरा तर्कजंग पनि समाजसेवामा सक्रिय छन् । उनी नेपाल भूतपूर्व सैनिक संघ नेसाका महासचिव छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते