लण्डन । बेलायतमा कोरोनाबाट शुक्रबार (१७ अप्रिलसम्ममा) १६ जना नेपालीको मृत्यु भएको छ भने उत्तिकै संख्यामा अन्य कारणबाट नेपालीहरुको मृत्यु भएको पाइएको छ ।
वीनेपालीले गत मार्च १५ तारिखदेखि १७ अप्रिलसम्ममा बेलायतमा मृत्यु हुने नेपालीहरुको रेकर्ड राखेको थियो । जसअनुसार सो समयावधिमा ३३ जना नेपालीको निधन भएको छ ।
सो अवधिमा ज्यान गुमाउने नेपालीहरुमा धेरै ७०-७९ वर्ष उमेर समूहका छन् । यस उमेर समूहका १० जनाको निधन भएको छ । ८०-८९ वर्ष उमेरभित्रका ९ जनाको मृत्यु भएको छ । ६०-६९ वर्ष उमेर समूहका ३ जनाले ज्यान गुमाएका छन् भने ५०-५९ वर्ष उमेर समूहका ६ जनाको मृत्यु भएको छ । ५० वर्षमुनीका २ जना र ९० वर्षमाथिका १ जनाको निधन भएको छ । यसरी बित्नेहरुमा सबैभन्दा कम उमेर ३९ वर्ष र सबैभन्दा बढी ९५ वर्ष रहेको छ ।
सो अवधिमा ज्यान गुमाउने नेपालीहरुको लैङ्गिक अनुपात भने असमान छ । यसअवधिमा निधन हुने पुरुषको संख्या २६ छ भने महिलाको संख्या मात्र ७ जना । यस्तैगरी गोरखा समुदाय र गैरगोरखाको अनुपात पनि उस्तै छ । यसअवधिमा गोरखा समुदायबाट २८ जनाको निधन भएको छ भने गैरगोरखा समुदायबाट ५ जनाको निधन भएको छ ।
यसैगरी मृत्युहुने नेपालीहरुमध्ये आधा लण्डनभित्र बितेका छन् भने बाँकी लण्डनबाहिर । रेडिङमा ४, ननिटनमा २, नट्टिघममा २, ह्याम्पसायरमा ४, लिभरपुलमा १, क्यान्टबरीमा १, स्वीण्डनमा १ जनाको निधन भएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त