लण्डन । बेलायतमा कोरोनाबाट शुक्रबार (१७ अप्रिलसम्ममा) १६ जना नेपालीको मृत्यु भएको छ भने उत्तिकै संख्यामा अन्य कारणबाट नेपालीहरुको मृत्यु भएको पाइएको छ ।
वीनेपालीले गत मार्च १५ तारिखदेखि १७ अप्रिलसम्ममा बेलायतमा मृत्यु हुने नेपालीहरुको रेकर्ड राखेको थियो । जसअनुसार सो समयावधिमा ३३ जना नेपालीको निधन भएको छ ।
सो अवधिमा ज्यान गुमाउने नेपालीहरुमा धेरै ७०-७९ वर्ष उमेर समूहका छन् । यस उमेर समूहका १० जनाको निधन भएको छ । ८०-८९ वर्ष उमेरभित्रका ९ जनाको मृत्यु भएको छ । ६०-६९ वर्ष उमेर समूहका ३ जनाले ज्यान गुमाएका छन् भने ५०-५९ वर्ष उमेर समूहका ६ जनाको मृत्यु भएको छ । ५० वर्षमुनीका २ जना र ९० वर्षमाथिका १ जनाको निधन भएको छ । यसरी बित्नेहरुमा सबैभन्दा कम उमेर ३९ वर्ष र सबैभन्दा बढी ९५ वर्ष रहेको छ ।
सो अवधिमा ज्यान गुमाउने नेपालीहरुको लैङ्गिक अनुपात भने असमान छ । यसअवधिमा निधन हुने पुरुषको संख्या २६ छ भने महिलाको संख्या मात्र ७ जना । यस्तैगरी गोरखा समुदाय र गैरगोरखाको अनुपात पनि उस्तै छ । यसअवधिमा गोरखा समुदायबाट २८ जनाको निधन भएको छ भने गैरगोरखा समुदायबाट ५ जनाको निधन भएको छ ।
यसैगरी मृत्युहुने नेपालीहरुमध्ये आधा लण्डनभित्र बितेका छन् भने बाँकी लण्डनबाहिर । रेडिङमा ४, ननिटनमा २, नट्टिघममा २, ह्याम्पसायरमा ४, लिभरपुलमा १, क्यान्टबरीमा १, स्वीण्डनमा १ जनाको निधन भएको छ ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा