बेलायतमा थप एक नेपालीको निधन

 

लन्डन । बेलायतमा शनिवार थप एक जना नेपालीको निधन भएको छ । पुष्पा घलेको निधन ‘कोभिड १९’ बाट भएको आशंका गरिएको छ । परिवारले उनको मृत्यु ह्दयघातबाट भनेपनि यसबारे तीन दिनपछि रिपोर्ट आउने बताइएको छ ।

पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घले एक केयर होममा काम गर्दै आएकी थिइन् । स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । छोरा करीव ८ महिनामात्र उमेरको छ ।

बेलायतमा कोभिड १९ कै कारण निधन हुने नेपालीको संख्या करिब दर्जन पुगेको छ ।

(यसअघि समाचारमा उनको निधन कोभिड १९ बाट भएको उल्लेख थियो । निकट श्रोतले कोभिड १९ कारण भनेपनि परिवारले पछि सम्पर्क गरि ह्दयघात भएको दावी गरेपछि हामीले समाचारको केही अंश सच्याएका छौं । सम्पादक)

प्रतिक्रिया

सम्बन्धित सामाग्री