बेलायत । नेपाली चेली आस्था दाहाल विश्वकै प्रतिष्ठित मध्येको एक क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियन अध्यक्षमा निर्वाचित भएकी छिन् । न्यू स्पटलाइट अनलाईनकाअनुसार आस्था विश्वविद्यालयको पोस्ट ग्राजुएटअन्तर्गत अध्यक्षमा निर्वाचित भएकी हुन् ।
आस्थाले कुल खसेको २ हजार ७ सय ४४ मतमध्ये एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् । उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनले ७ सय ८ मत प्राप्त गरेकी छिन् ।
दाहालले आगामी जुलाईदेखि जिम्मेवारी सम्हाल्ने छिन् । विश्वभर प्रख्यात क्याम्ब्रिज बेलायतको पुरानो बिश्वविद्यालय हो ।
ललितपुरको रातो बंगला स्कुलबाट विद्यालय शिक्षा हासिल गरेकी आस्था नेपालमा रहँदा पनि समानता र न्यायका लागि विभिन्न अभियानमा संलग्न रहेकी बताइन्छ । आस्थाले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढावा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । दाहालले क्याम्ब्रिज बिश्वविद्यालयबाट क्रिमिनोलोजीमा विद्यावारिधि गरिरहेकी छिन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते