
लन्डन । युरोपेली संघ (ईयू) बाट औपचारिक रूपमा बाहिरिने दिन जनवरी ३१ मा बेलायतले विशेष कार्यक्रम गर्ने भएको छ । सरकारले ३१ को रात विशेष कार्यक्रम आयोजना
गर्ने तयारी गरेको बेलायती अर्थमन्त्री साजिद जाविदले बताएका छन् ।
युरोपेली संघ त्याग्ने बेलायत पहिलो राष्ट्र बन्नेछ । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई उसले विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोही रात राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । उत्तरी बेलायतमा बिरलै हुने मन्त्रिपरिषद्को बैठकपछि उनले युरोपेली संघबाट बाहिरिएपछि आर्थिक समस्याले घेरिएको क्षेत्रमा अवसर सिर्जना गर्ने योजनाबारे सम्बोधनमा जोड दिने बताइएको छ ।
साथै, लन्डनको डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्रीको सरकारी निवासमा घडी राखिने छ, जसले रोकिनुअघि रातको ११ बजेसम्म ‘काउन्ट डाउन’ गर्नेछ । ह्वाइटहलको वरपर बत्ती बालिनेछ भने ‘पार्लियामेन्ट स्क्वायर’ का सबै खम्बामा युनियन झन्डा फहराइनेछ । सरकारले सो दिनबाटै प्रचलनमा आउने गरी स्मारक सिक्का पनि जारी गर्नेछ ।
बेलायतले जनवरी ३१ को मध्यरातबाट आधिकारिक रूपमा युरोपेली संघ छोडे पनि उसले संक्रमणकालीन रूपमा अर्को ११ महिना सोही संघकै नीतिनियम मान्नेछ ।
देशले औपचारिक रूपमा युरोपेली संघ छोड्दा बेलायतका केही व्यापारिक क्षेत्रमा भने प्रभाव पर्न सक्ने अर्थमन्त्री जाविदले बताएका छन् ।
‘फाइनान्सियल टाइम्स’ संग शनिबारको अन्तर्वार्तामा उनले भविष्यमा बेलायतसंग युरोपेली संघका नियम नजोडिने भएकाले त्यसले केही व्यापारिक क्षेत्रलाई भने हानी पुग्न सक्ने बताए । हाल बेलायत युरोपेली संघको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
‘अब कुनै संलग्नता हुने छैन्, हामी एकल बजारमा हुने छैनौं र हामी भन्सार युनियनमा पनि हुने छैनौं । हामी यसै वर्षको अन्त्यसम्ममा सबै प्रक्रिया पूरा गरिसक्ने छौं’- युरोपेली संघका तत्कालीन २७ सदस्य राष्ट्रसंग विवादित व्यापार वार्तामा निष्कर्ष निकाल्नका लागि दिइएको सन् २०२० को अन्त्यसम्मको समयसीमा उधृत गर्दै उनले बताए ।
युरोपेली संघमा हाल २८ सदस्य राष्ट्र छन् । बेलायत युरोपेली संघ त्याग्ने पहिलो राष्ट्र बन्दैछ । आप्रवासीको प्रवेश र अन्य देशबाट आउने कामदारका कारण रोजगारी गुमेको भन्दै बेलायतमा लामो समयदेखि युरोपेली संघ छोड्नेबारे वहस भएको थियो । त्यहीबीचमा सन् २०१६ मा युरोपेली संघमै बस्ने वा बाहिरिनेबारे जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली संघ छोड्नुपर्ने पक्षमा बहुमत दिएपछि ब्रेक्जिटले औपचारिक प्रवेश पाएको थियो ।
दुई वर्षभित्र युरोपेली संघ छोडिसक्ने भने पनि निर्धारित समयमा सम्पन्न हुन सकेन । यसबीचमा करिब पांच वर्षको अवधिमा तीन पटक निर्वाचन भयो भने ब्रेक्जिटलाई मूर्त रूप दिने प्रतिवद्धतासहित प्रधानमन्त्री बनेकी कन्जरभेटिभ दलकी टेरेजा मेले निर्धारित समयभित्रै काम सम्पन्न गर्न नसकेपछि पद त्याग गरिन् । उनलाई पदस्थापन गर्दै कन्जरभेटिभकै बोरिस जोन्सन प्रधानमन्त्री बने । मे विपरीत उनले बिनासम्झौता पनि युरोपेली संघ छोड्न सकिने पक्षमा लबिङ गरे ।
ब्रेक्जिटबारे आफूलाई थप जनमत आवश्यक रहेको भन्दै उनले गत डिसेम्बर १२ का दिन आमनिर्वाचन गराए । उनको दलले बेलायती संसदमा स्पष्ट बहुमत प्राप्त गरयो । नयां संसद् सुचारु भएसंगै ‘ब्रेक्जिट डिभोर्स विधेयक’ तत्काल पारित भयो र बेलायतले अन्तिम समयसीमा जनवरी ३१ मै युरोपेली संघ छोड्ने भएको हो ।
बेलायतले युरोपेली संघ छोडे पनि यो वर्षको अन्त्यसम्म अन्य सदस्य राष्ट्र र लन्डनले नयां व्यापार सम्झौताको प्रयास गर्नेछन् र बांकी सबै प्रक्रिया पूरा गर्नेछन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण