ह्यारी मेगनको शाही पदवी खोसिने

लन्डन । बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमति मेगनको शाही पदवी खोसिने भएको छ । उनीहरुले आउंदो वसन्त ऋतुदेखि ‘हिज-हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ ।

तर ह्यारीलाई राजकुमार र ‘ड्युक अफ ससिक्स्’ एवं मेगनलाई ‘डचेस अफ ससिक्स्’ भनेर चाहिं सम्बोधन गरिने छ ।

केही शाही विश्लेषकले यसलाई रानीको कडा निर्णयका रुपमा पनि लिएका छन् ।

‘द ड्युक एण्ड डचेस अफ ससिक्स्’ ले वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउण्ड पनि तिर्ने भएका छन् । उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्व समेत नगर्ने बीबीसीले जनाएको छ । विज्ञप्तिमा ह्यारी दम्पतिको सुरक्षा प्रवन्धबारे भने केही खुलाइएको छैन् ।

रानीले महिनौंको छलफलपछि नाति र उनको परिवारका लागि रचनात्मक एवं सहयोगी बाटो पहिल्याएको भन्दै खुशी व्यक्त गरेकी छन् । उनले ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची आफ्नो 
परिवारमा सधैं प्रिय रहिरहने पनि उल्लेख गरेकी छन् । 
ह्यारी परिवारमा खुशी र शान्तिपूर्ण नयां जीवनको कामना पनि रानीले गरेकी छन् ।

विज्ञप्तिमा ह्यारी दम्पतिले आफूहरुको नयां स्वतन्त्र जीवनका लागि महारानी र राजपरिवारबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गरेको पनि जनाइएको छ ।

ह्यारी दम्पत्तिको शाही भूमिका परित्यागबारे महारानी एलिजावेथ द्वितीयाले गत सोमबार आफ्ना परिवारका वरिष्ठ सदस्यहरुसंग स्यान्ड्रिङ्गम दरबारमा छलफल गरेकी थिइन् ।

ह्यारी मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि रानीले दरबारमा छलफलका लागि बोलाएकी थिइन् । छलफलमा रानीले उनीहरुको चाहनाप्रति आफ्नो पूर्ण सहयोग रहने बताउंदै संक्रमणको अवधिभर युके तथा क्यानाडाबीच समय बिताउन सहमति जनाएकी थिइन् ।

ह्यारी दम्पतिले गत अक्टोबरमा शाही जीवनको चुनौति र केही बेलायती अखबारले आफूहरुको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए । ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्रास समेत व्यक्त गरेका थिए ।

बेलायतको राजनीति तथा स्वास्थ्य क्षेत्रमा निकट रहेर काम गरिरहेका डा. बच्चुकैलाश कैनी
 राजपरिवारमा सृजित यो संकट ह्यारी र मेगनमा २१ 
औं शताब्दीमा आधुनिक र स्वतन्त्र बन्ने सोचका कारण आएको बताउंछन् । ‘आजको पुस्तामा स्वन्तन्त्रताको महत्व कति छ भन्ने यो एउटा उदाहरण हो’, कैनी भन्छन्, ‘आजको पुस्ता कसैको दवावमा बस्न सक्दैन् भन्ने पनि यसबाट 
बुझ्न सकिन्छ ।’

बेलायती राजपरिवार र यो संग सम्बन्धित रितीरिवाज, संस्कार र परम्परा सयौं वर्ष पुराना छन् । साथै बेलायतीहरु 
राजसंस्थालाई निकै आदर सम्मान गर्छन् । त्यसैले पनि यो घट्नाले बेलायती राजपरिवारको संरचना र राजपरिवारलाई 
हेर्ने नजरमा खासै फरक नआउने ठान्छन् कैनी ।इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री