तमु समाज युकेले भव्य रुपले मनायो तमु च्यु ल्होछार

लन्डन । तमु समाज युकेले तमु तथा नेपालीहरुको महान सांस्कृतिक पर्व ल्होछार/ल्होसार भब्य रुपमा मनाएको छ । गत शनिबार ४ जनवरी २०२० मा लण्डनस्थित हयारो लेजर सेन्टर बाइरोन हलमा ल्होछार/ल्होसार मनाइएको हो ।

लन्डन बरो अफ हयारोका डेपुटी मेयर काउन्सिलर घजान्फर अलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वृहत कार्यक्रमको उद्घाटन प्रमुख अतिथी अली र समाजका अध्यक्ष शिवचन्द्र गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न तमु च्यु ल्होछार औपचारिक कार्यक्रम सन्चालन समाजका महासचिव हर्कबहादुर गुरुङले गरेका थिए । कार्यक्रममा संयोजक कमल गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ सम्बन्धी जानकारी दिए भने उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तब्य राख्दै संस्थाबारे सबैलाई संक्षिप्त जानकारी गराएका थिए । त्यसैगरी अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित भई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

मन्तब्यका क्रममा कार्यक्रमका प्रमुख अतिथी अलीले तमु समाज युकेले आयोजना गरेको विशाल तमु ल्होछार कार्यक्रममा सहभागी हुन पाउंदा खुशी ब्यक्त गर्दै आफ्नो मौलिक कला, पहिचान र संस्कृति जोगाउंदै सामाजिक सेवामा निरन्तर अगाडि बढिरहेकामा समाजको प्रशंसा गरे । उनले ल्होछार शुभकामनासहित उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।


त्यसैगरि विशेष अतिथी लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर महमद बटले ‘तमु समाज युके विशेष अवार्ड २०१९’ बाट सम्मानित हुन पाउंदा अत्यन्त हर्षित हुंदै समाजलाई धन्यवादसहित ल्होछार शुभकामना दिए ।

विगत जस्तै यस वर्ष पनि समाजका नयां आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र तथा समाजको लोगो अंकित ब्याज वितरण गरि समाजमा औपचारिक रुपमा स्वागत गरिएको थियो । यस अलवा शैक्षिक सत्र २०१९ मा स्नातक तथा स्नातकोत्तरमा सफलता प्राप्त विद्यार्थी तथा विगत वर्षभर सामाजिक जीवनको विभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै समाजिक सेवा र संस्थाको विकासमा उल्लेख्य योगदान पुराउने महानुभावहरुलाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान गरियो ।

सम्मान तथा प्रशंसापत्र वितरणमा प्रमुख अतिथी अली, ब्रेन्टका काउन्सिल लिडर बट, समाजका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, उपाध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ र आमा समूह अध्यक्ष बिन्दु गुरुङ सहभागी थिए ।

त्यसैगरी समाजको स्थापनाकालदेखि अनवरतरुपमा विभिन्न महत्वपूर्ण पदमा 
रहेर सामाजिक जीवनको विभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, सम्वर्धन र विकास गर्न अहोरात्र खटिई अतुलनीय योगदान गरेका सामाजिक अभियन्ताहरु तमु समाज युकेका निवर्तमान महासचिव ज्ञानबहादुर गुरुङ, निवतर्मान संयोजक केदारबहादुर गुरुङ र पूर्ब उपाध्यक्ष टिका गुरुङलाई ‘तमु समाज युके विशिष्ठ समाज सेवा सम्मान’ (लाइफ टाइम एचिभमेन्ट एवार्ड २०१९) बाट सम्मान गरिएको थियो ।

सम्मानित तीन ब्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि, समाजका अध्यक्ष, आमा समूहकी अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले विशिष्ट सम्मानपत्र प्रदान सहित फेटा र खादा लगाई सम्मान गरेका थिए ।


त्यसैगरि तमु समाज युकेले प्रत्येक वर्ष ल्होछारको अबसरमा सामाजिक जीवनको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई ‘तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र’ बाट सम्मान गर्ने गरेको छ । यस वर्ष तमु समाज युकेले ‘उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१९’ बाट पूर्व उपाध्यक्ष तथा सल्लाहकार लेप्टेनेन्ट मिमबहादुर गुरुङ, मइता गुरुङ, विभादेवी गुरुङ, सन्जय गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ र गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजित गुरुङलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा ब्रिटिस गोर्खा नेपलिज संघ युकेका नवनिर्वाचित अध्यक्ष देउबहादुर गुरुङ, चर्चित लोक गायक द्वय बिरु लामा र प्रकाश गुरुङ, बरिष्ठ फोटो पत्रकार मिलन गुरुङ, भिडियोग्राफर बिसन गुरुङ र डिजे विकास मोक्तानलाई पनि सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा सांस्कृतिक सचिव तथा तमु चलचित्र नायिका सरु गुरुङ रानाका साथै विभिन्न स्थानीय कलाकार र तमु समाज युकेको आमा समूह, युवा समूह लगायत कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा अर्को आकर्षण चर्चित लोकगायकद्वय बिरु लामा र प्रकाश गुरुङको जोडदार गीत प्रस्तुतिमा बेलायतवासी नेपालीले पनि नाचेर साथ दिएका थिए ।

सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी तमु समाज युकेकी सांस्कृतिक सचिव सरु गुरुङ राना र ब्यवस्थापन आमा समूहकी अध्यक्ष बिन्दु घलेले गरेका थिए भने कार्यक्रम सञ्चालन लक्ष्मी गुरुङ र विश्व गरुङले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथीको रुपमा ब्रेन्ट काउन्सिलका लिडर मोहमद बट र गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष सुनिलबाबु खड्का, अन्य अतिथिहरु ब्रेन्ट काउन्सिलका काउन्सिलर क्रुपेस हेरानी, काउन्सिलर सकिब बट, तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, मगर संघ युके अध्यक्ष सुनिल राना, तनहुं समाज युके अध्यक्ष लेखबहादुर गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेली मन्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, किरात राई यायोख्या युके अध्यक्ष कल्पना राई, बेजिङस्टोक गुरुङ समाजकी अध्यक्ष दुर्गा गुरुङ, मेन्दोमाया समाज युकेका उपाध्यक्ष तुलबहादुर तामाङ, गोर्खा जिल्ला समाज युकेका अध्यक्ष कर्ण दर्लामी मगर, पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष नेत्र आले थिए ।

त्यसैगरि गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजित गुरुङ, सहारा युके अध्यक्ष कुमार गुरुङ, थाउजन्ड बुद्ध युकेका अध्यक्ष मेजर समुन्द्र गुरुङ, तमु कलाकार सांस्कृतिक मंच युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ, तमु कलाकार सांस्कृतिक मंच युकेका पूर्व अध्यक्ष सुर्य गुरुङ, पंचासे समाज युकेका अध्यक्ष शिवराम गुरुङ ‘बिइएम’, धादिङ नुवाकोट समाज युकेका अध्यक्ष चोकबहादुर तामाङ, कोने घोताने घोण्डे परिवार युकेका पूर्व अध्यक्ष नरजङ गुरुङ, राङजुङ येसे ओडियाना युके सिआइओ केन्द्रका अध्यक्ष क्याप्टेन जीवनकुमार गुरुङ, दक्षिण पूर्वी क्षेत्रिय तमुधिं लण्डनका अध्यक्ष हिराप्रसाद गुरुङ, तामाङ समाज युकेका अध्यक्ष कुमार लामा, गुरुङ सोसाइटी केन्ट युकेका महासचिव गोलमान गुरुङ, गोर्खा नेपलिज वेलफेयर सोसाइटी युकेका उपाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, मगर संघ युके वेम्बली ब्रान्चका उपाध्यक्षमा गन्जबहादुर आले, मर्दी खोला समाज यूकेका अध्यक्ष धरमराज गुरुङ, चित्रेली तमु समाज युकेका अध्यक्ष हितमान गुरुङ, लमजुङ दरबार परिवार युकेका अध्यक्ष ज्ञानबहादुर गुरुङ, तमुधिं युकेका पूर्व अध्यक्ष सुवसिं गुरुङ ‘बिइएम’, यती नेपाली एसोसिएसन युकेका पूर्ब अध्यक्ष उमेशराज मोक्तान, रोयल ग्रीनविच नेपलिज एसोसिएसन युके अध्यक्ष शर्मिला हिराचन, रोयल ग्रीनविच नेपलिज एसोसिएसनका युकेका संरक्षक हरिगोबिन्द गुरुङ, गुरुङ सोसाइटी केन्ट युकेका अध्यक्ष राजदेबी गुरुङ, नेपलिज को-अप्रेटिप एसोसिएसनका अध्यक्ष मोहन गुरुङ, एभरेष्ट टाइम्सका निर्देशक नरेन्द्र नेम्बाङ, आइएमइ लन्डनका निर्देशक कमल पौडेल, ए स्टार फाइनानसिएल सोलुसन्स युकेका निर्देशक मीन दर्लामी, सहारा युकेका उपाध्यक्ष लेप्टेनेन्ट कुसाङ गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज युकेका उपाध्यक्ष मिन गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज युकेका संस्थापक अध्यक्ष लेप्टेनेन्ट थमप्रसाद गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज युकेका पूर्ब अध्यक्ष लेप्टेनेन्ट पंचबहादुर गुरुङ, रोयल ग्रीनविच नेपलिज एसोसिएसन युकेका उपाध्यक्ष तथा गैर अवासीय नेपाली संघ युकेका सचिव जितबहादुर रानाभाट, गैर अवासीय नेपाली संघ युकेका प्रवक्ता तथा मौजा विजयपुर समाज युकेका अध्यक्ष रामकुमार गुरुङ, बरिष्ट फोटो पत्रकार मिलन गुरुङ, हङकङ मन्च युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ, तमु प्ये ल्हु संघ युकेका पूर्ब महासचिव भेगलाल गुरुङ, साउथ इष्ट रिजनल तमुधिं लण्डनका उपाध्यक्ष पार्वती गुरुङ, साउथ इष्ट रिजनल तमुधिं लण्डनका महासचिव डम्बरबहादुर गुरुङ, बृटिस गोर्खा नेपलिज एसोसिएसनका युकेका अध्यक्ष देउबहादुर गुरुङ, धरान समाज युकेका अध्यक्ष सूर्यमान गुरुङ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न समाजका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु, सदस्यहरु, युवा समूह, आमा समूह साथै समाजका शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा च्यु ल्होछार सेलेब्रेसन सांस्कृतिक कार्यक्रमका कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, बिन्दु घले, ज्ञानबहादुर गुरुङ, शिव राम गुरुङ, टिका गुरुङ, रितु गुरुङ, प्रजु गुरुङ, ओसिअन राना, बिन्दा गुरुङ, दिब्य गुरुङ, मन कुमारी गुरुङ, सुबिना घले, चन्द्र कुमारी गुरुङ, ज्योति राई, पुजा गुरुङ, सुसन्त गुरुङ, सुरेश घले, जिवन गुरुङलाई धन्यबाद ब्यक्त गर्दै खादा र कदरपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा मिलन गुरुङ र शिवराज गुरुङले फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिबिएम वल्ड टिभीका बिसन गुरुङ, खाना ब्यवस्थापन मामा नेपलिज रेष्टुरेन्टका प्रोपाइटरद्वय गम बहादुर गुरुङ र टंक बहादुर गुरुङ, पेय पदार्थ ब्यवस्थापन हेज नेपाली सेन्टरका प्रोपाइटर जिनेस गुरुङ र साउण्ड सिस्टम ब्यवस्थापन चांद म्यूजिक वल्डका विशाल मोक्तानले गरेका थिए ।

कार्यक्रमको अन्तमा सबैले चांद म्यूजिक वल्डको डिजेमा नाचेर भरपुर मनोरन्जन लिए ।

ल्होछार ‘सेलेब्रेसन’ अघि गत ३१ डिसेम्बर २०१९ दिउसो आमा समूहकी अध्यक्ष बिन्दु घलेको संयोजनमा च्यु ल्होछार तथा ग्रह शान्ति पूजा गरिएको थियो । देवाचन बुद्धिष्ट सेन्टरका प्रमुख लामा धरम गुरुङ र लामा कर्णबहादुर गुरुङले सञ्चालन गरेको च्यु ल्होछार तथा ग्रहशान्ति पूजा तमु समाज युके नेपलिज कम्युनिटी सेन्टर, बरहाम पार्क बेम्लीमा भएको हो । शिवशरण गुरुङ 

प्रतिक्रिया

सम्बन्धित सामाग्री