
लन्डन । बेलायतमा सामाजिक कार्यमा अग्रणी संस्था गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसको अवसरमा एक च्यारिटी डिनर गरि ७ लाख
रुपैयां संकलन गरेको छ । संकलित रकम आशा अपांग केन्द्र गुल्मीमार्फत अपांगहरुका लागि खर्च गरिने समाजले जनाएको छ ।
विश्व अपांग दिवसको अवसरमा समाजले वर्षेनी च्यारिटी गरि आशालाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यस पटकको संस्करण सप्ताहन्त साउथ इष्ट लण्डनको उलवीचस्थित लोटस क्लबमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई प्रथम नौमती बाजा गुल्मीले नौमती धुनमा स्वागत गरेको थियो । मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले बेलायतका गुल्मेलीहरुको मानवीय सहयोगको प्रशंसा गरे ।
समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाले एक प्रस्तुतिमार्फत आशा अपांग केन्द्रका गतिविधि र समाजले गरेका अन्य मानवीय तथा शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा उसका सहयोगबारे अवगत गराए ।
समाजका कार्यवाहक अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दूतावासका द्वितिय सचिव लव सुबेदी, एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर, नेपाली सेनाका महासेनानी कृष्ण जिसी, नेपाली चलचित्र निर्देशक सन्तोष लोहनी, एनआरएनए आइसीसी पूर्व सदस्य शान्ति थापा कुंवर, अफगानिस्तानमा विद्युतीय धरापमा परि दुवै खुट्टा गुमाएका बिनोद बुढाथोकी, हरि बुढामगर लगायत अतिथी थिए । वक्ताहरुले मन्तव्य व्यक्त गर्दै समाजमा अपांगहरुलाई सम्मान र मायाको खांचो औंल्याए । शारिरीक रुपमा अपांग भएपनि ति व्यक्तिको मन मस्तिष्क र इच्छाशक्ति सवलांगको भन्दा कम नहुने धारणा उनीहरुको थियो ।
समाजका महासचिव वीर बलाल र सचिव मन्जु भण्डारीले संयुक्त रुपमा सन्चालन गरेको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिए ।
कार्यक्रमको दोस्रो चरणमा समाजकै निमन्त्रणमा बेलायत आएका गायक प्रसाद खप्तरी मगर र चर्चित गायिका खिमा रोका मगरले विभिन्न गीत प्रस्तुत गरेर सहभागीलाई नचाए । सो अवसरमा प्रथम नौमती बाजा गुल्मी यूकेले नौमती बाजामा मज्जाले नचायो भने स्थानीय कलाकारहरुले पनि आ-आफ्ना नृत्य प्रस्तुत गरेर लन्डनको चिसो माहोल तताए ।
तस्विरहरु- शिव भण्डारी
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति