
लन्डन । छिमेकी भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेको विरोधमा बेलायतका नेपालीले प्रदर्शन गरेका छन् ।
गैर आवासीय नेपाली संघ बेलायतले सोमबार लन्डनस्थित भारतीय हाइ कमिसन अगाडि आयोजना गरेको प्रदर्शनमा सयौं नेपाली सहभागी भए ।
१२.३० देखि १.०० बजेसम्म विरोध प्रदर्शन भएको थियो । गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन गरेको हो ।
तर, उक्त कार्यक्रम मार्च पास र होहल्ला नगरि स्टेटिक (निश्चित स्थानमा बसेर) विरोध गरिएको थियो ।
बेलायतका विभिन्न शहरबाट एकत्रित भएका नेपालीले तोकिएको समय र स्थानमा उपस्थित भएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेपछि संघले विरोधपत्र बुझाउने कार्यक्रम भने हाइकमिसनले नलिएपछि पुरा भएन ।
अध्यक्ष पुनम गुरुङले विरोध कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदैँ विरोध पत्र पढेर सुनाएकी थिइन् । उनले अब इमेल र पोस्ट मार्फत पत्र हाइ कमिसन पठाइने पनि जनाइन् ।
विरोधपत्रमा ऐतिहासिक दस्तावेजले उल्लेखित भूभाग नेपालकै भएको प्रष्ट्याउंदा पनि भारतले एकतर्फी नक्सा जारी गर्दा विदेशभर रहेका नेपाली दुःखी भएको उल्लेख छ । भारत नेपाल सीमा विवाद शताब्दीयौं लामो रहेको र यसको समाधानका लागि दुई देशस्थित विदेश मन्त्रालयका उच्च अधिकारीहरुबीच वार्ता भइरहेको अवस्थामा त्यसको निचोड नआउंदै नक्सा जारी गरिनु विडम्बना भएको पत्रमा जनाइएको छ । भारतको उक्त कार्य अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित भएको पत्रमा उल्लेख छ ।
‘नाराबाजी, होहल्ला र उत्तेजना निषेध गरिएकाले हामीले अनुशासित र मर्यादित ढंगले विरोध गर्यौं’, एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले भने, ‘नेपाल भारत सीमा समस्या समाधानका लागि हामी एनआरएनहरु जस्तोसुकै कदम चाल्न पनि तयार छौं र नेपाल सरकारको कदमप्रति ऐक्यवद्धता छ ।’
गैर आवासीय नेपाली संघका अन्य विभिन्न देशका शाखाले पनि भारतीय हस्तक्षेपविरुद्ध विरोध जनाइरहेका छन् ।
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने