रिमेम्बरेन्स डेमा ‘हिरो’ बने नेपाली राजदूत डा. सुवेदी


लन्डन । युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा श्रद्धाञ्जलि दिन आइतबार सेन्ट्रल लन्डनमा सयौंको भीडमा एक नेपाली कुटनीतिज्ञले सबैको ध्यान खिचे । बेलायती 
राजपरिवार सदस्यदेखि बोरिस जोन्सन, जेरेमी कोर्बिन लगायत शीर्षस्थ 
राजनीतिज्ञ र सैनिक भेट्रानहरुले परेडसहित हवाइटहल सिनोतापमा पुष्पगुच्छा 
चढाइरहंदा राजदूत डा. दुर्गाबहादुर सुवेदी केन्द्रमा रहेका हुन् ।

लन्डनमा नेपाली दूतावास स्थापना भएको ८५ वर्षको इतिहासमा पहिलोपटक नेपाली राजदूत रिमेम्बरेन्स डे (११ नोभेम्बर) मा रिथ चढाउन अग्रपंक्तिमा त्यहां उपस्थित भएका थिए ।

‘मैले बेलायत सरकार र राजदरबारलाई दुई विश्व युद्धमा गोर्खाहरुको त्यागबारे विश्वस्त पारें’, राजदूतले भने, ‘नेपाल सरकार र नेपाली जनतालाई वीर सैनिकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न अवसर दिइनु पर्छ भनेपछि यो सम्भव भयो ।’ 

गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले सामाजिक सञ्जालमा पोस्ट गरे, ‘दूतावास स्थापना भएको ८५ वर्षको इतिहासमा नेपाली राजदूतले पहिलोपटक त्यहां सहभागी हुने अवसर पाउनुभयो र बीबीसी लाइभमा 
उहांलाई देख्दा गर्व लाग्यो ।’

शर्माको पोस्टमा धेरैले राजदूत डा. सुवेदीलाई बधाइ दिएका छन् । सामाजिक अभियन्ता एवं ब्रिटिश आर्मीका रिटायर्ड मेजर डमर घलेले बधाइ दिंदै 
सुवेदीलाई सबैभन्दा उत्कृष्ट र सक्षम राजदूतका 
रुपमा चित्रित गरेका छन् । गायक दीपक थापाले पनि खुशी व्यक्त गर्दै अब नेपालको संकट समाधानका लागि राजदूतलाई प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिंग स्ट्रिट’ को ढोका ढकढकाउने समय आएको टिप्पणी गरेका छन् ।

रिमेम्बरेन्स डेका अवसरमा बिहान ११ बजे युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा बेलायतभर दुई मिनेट मौन धारण गरियो । बोरिस जोन्सन, जेरेमी कोर्बिन, जो स्वीन्सन जस्ता नेता चुनावी अभियान छोडेरै श्रद्धाञ्जलि अर्पण गर्न सिनोताप आइपुगेका थिए ।

उक्त क्षेत्र भूपू गोर्खामय भएको थियो । मेडल, गोर्खा हयाट, ब्लेजर र पप्पी फूलमा सजिएका भूपू गोर्खाहरु रिमेम्बरेन्स् सन्डे परेडका लागि हवाइटहल वरपर जम्मा भएका थिए 
 ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री