
योगेन क्षेत्री
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावमा भाग लिने मतदाता नामावलीमा धाँदली भएको भन्दै मतदाता नामावलीमा छानविन गर्न निर्वाचन समितिमा उजुरी परेको छ ।
निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँदली गरेको भन्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन् । उजुरीमा छानविन पुरा नहुन्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न समेत माग गरिएको छ ।
बुधवार संघको निर्वाचन प्रक्रिया सुरु भएपनि मतदाता नामावलीको विषयमा उजुरी परेपछि निर्वाचन हुने नहुनेमै अन्यौल देखिएको छ । मतदाता नामावलीमा धाँदली भएको भन्दै छानविनको लागि परराष्ट्र मन्त्रालयमा यसअघिनै उजुरी परिसकेको छ ।
‘संघको राष्टिय महाधिवेशन सन्चालन नियमावली २०१९ को नियम ३.१, संघद्धारा ३० अगस्ट २०१९ मा जारी सुचनाको बुँदा नम्वर १ तथा संघको ४ अक्टुवर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नं ५ को बुँदा नम्वर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलव्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरवदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको छ ‘गैरआवासीय नेपाली सम्वन्धि नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अविलम्व रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको छु । त्यसकारण परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरि आवश्यक निर्देशन नआउन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न माग गर्दछु ।’
विभिन्न देशमा कार्यसमितिले छनौट गरेर पठाएका प्रतिनिधिको सूची अनैतिक हिसावले परिवर्तन गरेको भन्दै संघका महासचिव बद्रि केसीमाथि यसअघि पनि थुप्रै उजुरी परेका छन् । निष्पक्ष रुपमा हुनुपर्ने प्रक्रियागत कार्यहरुमा सचिवालयको दुरुपयोग गरि महासचिव बद्रि केसीले कुमार पन्तको पक्षमा काम गरेको आरोप लाग्दै आएको छ ।

नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी