
पोर्चुगल । जबसम्म अमेरिका पत्ता लागेको थिएन विश्वकै अन्तिम बिन्दु मानिथ्यो पोर्चुगलको कावा दि रोकालाई । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम बिन्दुमा चिनिन्छ । हो यही अन्तिम बिन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट सगरमाथाको गहिराई नाप्ने काम भएको छ ।
सामान्यतय सर्वोच्च शिखर सगरमाथाको उचाई नापिन्छ, तर कवि मन हो नापियो गहिराई ! वर्तमानमा आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता बाचन गर्न सक्ने सेलेब्रेटी र प्रतिभाशाली युवा कवि नवराज पराजुली सेप्टेम्बर ८ तारिख आइतबार लिस्बनमा गुन्जिंदा वाहीवाही मात्र पाएनन्, सबैलाई मन्त्रमुग्ध र कविता कन्सर्ट ध्यान केन्द्र हो कि जस्तो बनाए ।
‘कविता कन्सर्ट’ को युरोप यात्रामा रहेका कवि पराजुलीले पोर्चुगलमा आफ्नो प्रस्तुतिको लोकप्रियतालाई फेरि प्रमाणित गरेका छन् ।

लगातार ५५ मिनेट लामो कविता पस्किएका पराजुलीको अन्तिम कविता ‘ह्यपी वर्थ डे’ ले श्रोतालाई भावुक मात्र बनाएन, सबैको आँखा पनि रसाएको देखिथ्यो । कवि आफैंले पनि गला अवरुद्ध हुँदै कविता वाचन गरे । ‘बामपन्थी लभ’ ‘रुख’ र ‘च्याउ’ कविताहरुले पनि प्रशस्त ताली पाएको थियो ।
पोर्चुगलमा यस्तो खालको कविता कन्सर्ट पहिलो भएकोले श्रोता र सहभागिता उल्लेख्य रहेको र आफूहरु उत्साहित रहेको आयोजक मेला लिस्बोयका प्रमुख हरि थापाले बताए ।
कार्यक्रमका प्रमुख आकर्षक कन्सर्ट कवि नवराज पराजुलीको छोटो प्रतिक्रिया थियो- ‘संसारकै उत्कृष्ट फुटबल स्टाइकर क्रिटियानो रोनाल्डो फुटबल गोल हान्छन्, आज उनैको देशमा मैले कवितामा गोल हाने, खुशी छु ।’
कवि पराजुलीले भोली १० सेप्टेम्बरमा युरोपको अर्को एउटा अत्यन्त सुन्दर देश जो हाम्रो नेपालको भूगोलसंग पनि मिल्छ, स्वीजरल्यान्डमा फेवाको उचाई नाप्लान वा एडमन हिलारीको कथा, त्यसको लागि भने अरु केही घन्टा प्रतीक्षा गर्नैपर्ला ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा