
पोर्चुगल । जबसम्म अमेरिका पत्ता लागेको थिएन विश्वकै अन्तिम बिन्दु मानिथ्यो पोर्चुगलको कावा दि रोकालाई । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम बिन्दुमा चिनिन्छ । हो यही अन्तिम बिन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट सगरमाथाको गहिराई नाप्ने काम भएको छ ।
सामान्यतय सर्वोच्च शिखर सगरमाथाको उचाई नापिन्छ, तर कवि मन हो नापियो गहिराई ! वर्तमानमा आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता बाचन गर्न सक्ने सेलेब्रेटी र प्रतिभाशाली युवा कवि नवराज पराजुली सेप्टेम्बर ८ तारिख आइतबार लिस्बनमा गुन्जिंदा वाहीवाही मात्र पाएनन्, सबैलाई मन्त्रमुग्ध र कविता कन्सर्ट ध्यान केन्द्र हो कि जस्तो बनाए ।
‘कविता कन्सर्ट’ को युरोप यात्रामा रहेका कवि पराजुलीले पोर्चुगलमा आफ्नो प्रस्तुतिको लोकप्रियतालाई फेरि प्रमाणित गरेका छन् ।

लगातार ५५ मिनेट लामो कविता पस्किएका पराजुलीको अन्तिम कविता ‘ह्यपी वर्थ डे’ ले श्रोतालाई भावुक मात्र बनाएन, सबैको आँखा पनि रसाएको देखिथ्यो । कवि आफैंले पनि गला अवरुद्ध हुँदै कविता वाचन गरे । ‘बामपन्थी लभ’ ‘रुख’ र ‘च्याउ’ कविताहरुले पनि प्रशस्त ताली पाएको थियो ।
पोर्चुगलमा यस्तो खालको कविता कन्सर्ट पहिलो भएकोले श्रोता र सहभागिता उल्लेख्य रहेको र आफूहरु उत्साहित रहेको आयोजक मेला लिस्बोयका प्रमुख हरि थापाले बताए ।
कार्यक्रमका प्रमुख आकर्षक कन्सर्ट कवि नवराज पराजुलीको छोटो प्रतिक्रिया थियो- ‘संसारकै उत्कृष्ट फुटबल स्टाइकर क्रिटियानो रोनाल्डो फुटबल गोल हान्छन्, आज उनैको देशमा मैले कवितामा गोल हाने, खुशी छु ।’
कवि पराजुलीले भोली १० सेप्टेम्बरमा युरोपको अर्को एउटा अत्यन्त सुन्दर देश जो हाम्रो नेपालको भूगोलसंग पनि मिल्छ, स्वीजरल्यान्डमा फेवाको उचाई नाप्लान वा एडमन हिलारीको कथा, त्यसको लागि भने अरु केही घन्टा प्रतीक्षा गर्नैपर्ला ।
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह