एनआरएनए यूके निर्वाचनको मतपत्र यस्तो हुने

 

लन्डन । एनआरएनए यूके निर्वाचन-२०१९ को मतपत्र नमुना सार्वजनिक भएको छ । निर्वाचन समितिले १४ सेप्टेम्बरमा हुन लागेको निर्वाचनका लागि मतपत्र नमुना शुक्रबार सार्वजनिक गरेको हो । एनआरएन यूके केन्द्रीय कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० -१० गरी कुल ७४ पदका लागि सयभन्दा बढि उम्मेदवार चुनावी मैदानमा छन् । यसपटक साधारण सदस्य संख्या साढे १३ हजार माथि छ । यो विश्वका ८० देशमा भएको एनसीसी मध्ये सबैभन्दा बढि हो ।

गैरआवासीय नेपाली संघ युकेको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न १२ स्थानमा मतदान केन्द्र रहने भएका छन् । निर्वाचन समितिका अनुसार अल्डरसट, बेजिङस्टोक, रेडिङ, स्वीण्डन, ह्यारो, प्लमस्टिड, आसफोर्ड, लेस्टर, बर्मिङघम, एडिनबरा, कार्डिफ र बेलफास्टमा बुथ राख्ने निर्णय भएको छ ।

संघको अधिवेशन शनिबार अल्डरसटमा गर्ने तयारी छ ।

मतपत्र यस्तो हुनेछ (तल लिंक क्लिक गर्नुहोस् )

Ballot paper sample

प्रतिक्रिया

सम्बन्धित सामाग्री