लन्डन । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाईदिंदै आफ्ना गुनासा अवगत गराएको छ ।
समितिका पदाधिकारीले बिहीबार प्रधानमन्त्री कार्यालय गएर शुभकामना अनि ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा ३० सेप्टेम्बर, १९९३ भन्दा पहिले ब्रिटिश सेनामा भर्ती भएका गोर्खा सैनिकहरु सबैभन्दा बढि मारमा परेको उल्लेख छ ।
ज्ञापनपत्रमा हाल ब्रिटेनमा भएका कयौं भूतपूर्व गोर्खाहरु नेपाल फर्कन इच्छुक रहेको तर नाममात्रको पेन्सनले गर्दा त्यसो गर्न नसकेको पनि जनाइएको छ । गोर्खा सत्याग्रहले भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायतमा पेन्सन क्रेडिट र हाउजिङ बेनिफिट दिएर राख्नु भन्दा पेन्सनवृद्धि गर्नु उपयुक्त हुने सुझाव पनि दिएको छ ।
गोर्खा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईद्वारा हस्ताक्षरित ज्ञापनमा आफ्ना समस्याबारे अवगत गराउन ब्रिटिश प्रधानमन्त्रीसंग समय पनि मागिएको छ । त्यस्तै नेपाल तथा ब्रिटेनबीच वार्ताद्वारा ऐतिहासिक अन्यायको समस्या समाधान गर्न पनि माग गरिएको छ ।
जोन्सनले लन्डन मेयर हुंदा भूपू गोर्खाहरुका गुनासा सुनेको स्मरण गराउंदै सत्याग्रह समितिले प्रधानमन्त्री भएपछि पनि उनले सकारात्मक कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ ।
भूपू गोर्खाहरुले प्रधानमन्त्री जोन्सनले ब्रेक्जिट मुद्दा चांडै टुंगोमा पुरयाएर बेलायती जनताको हितका लागि काम गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी ओली बेलायत भ्रमणमा आउंदा जुन दोश्रो साता निवर्तमान प्रधानमन्त्री टेरेजा मेसंग भेटघाट गरि नेपाल, भारत र बेलायतबीच सन् १९४७ नोभेम्बरमा भएको सन्धि पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका बताइएको थियो ।
ओलीले उक्त सन्धि त्रिपक्षीय होइन, द्विपक्षीय र परिमार्जित गरिनुपर्नेबारे ध्यानाकर्षण गराएको लन्डनस्थित दूतावासले जानकारी दिएको थियो । नवनियुक्त प्रधानमन्त्रीले भूपू गोर्खाहरुका गुनासा कसरी हेर्ने हुन् चासोको विषय छ ।
सन् १९४७ मा भारत स्वतन्त्र हुने बेला ब्रिटेन, भारत तथा नेपाल बीच भएको त्रिपक्षीय सन्धिको एनेक्स ३ मा सम्वन्धित मुलुकहरुले गोर्खा सैनिकहरुलाई आफ्ना सैनिक सरह व्यवहार गर्नु पर्ने उल्लेख छ । साथै गोर्खा सैनिकहरु माथि भाडाका सिपाही भएको भन्ने आरोप नलागोस् भन्नका लागि उनीहरुको पदोन्नति लगायतका विषयमा हरेक सुविधा दिनुपर्ने पनि उल्लेख छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला