यूकेमा पत्रकार र सामाजिक अभियन्ताहरु हातेमालो गर्दै

अन्तरसंवादमा सहभागी पत्रकारहरु

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपालबाट आएका अग्रज पत्रकार तथा बेलायतस्थित नेपाली अगुवाहरुसँग अन्तरसम्वाद गरेको छ । लन्डनको ह्यारो बरो फुटबल क्लवमा शनिवार सम्पन्न अन्तरसंवादमा नेपालबाट आएका पत्रकारहरु प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, अनलाइनखबर डटकमका सम्पादक मातृका पौडेल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र युकेमै रहेकी पत्रकार तथा एनआरएनए अभियन्ता संगीता मरहठ्ठासित अन्तरसम्वाद गरिएको थियो ।

बीबीसी नेपाली सेवामा लामो समय बिताएका पत्रकार भगिरथ योगीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा बेलायतस्थित नेपाली समाजका अगुवाहरुले नेपाली संघसंस्था र पत्रकार एक अर्कामा हातेमालो गरी अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले सामाजिक संस्थाहरु र पत्रकारहरुबीच हातेमालोको जरुरी रहेको बताए । उनले एनआरएनएले समाजमा खेलेको राम्रा कामलाई पत्रकारिताले विश्वभर फैलाउन मद्दत गरिरहेकोमा धन्यवाद समेत दिए । अध्यक्ष फगामीले आगामी दिनमा पनि एनआरएनए र पत्रकारबीच सहकार्य जरुरी रहेकाले यस्ता अन्तरसंवादलाई जारी राख्नुपर्नेमा जोड दिए ।
प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले औपचारिक कार्यक्रममा मात्र सीमित नरही अनुसन्धानमूलक समाचार सम्प्रेषणमा लागि पत्रकारलाई आग्रह गरे । तमुधीँ युकेका अध्यक्ष नन्दजंग गुरुङले तमुधीँ युके पत्रकारसँग हातेमालो गर्दै अघि सदैव बढन तयार रहेको जनाए । कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघ युके शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले अन्तरसंवादले समाजिक अगुवा र पत्रकारलाई एकअर्कामा बुझ्न सजिलो हुने विश्वास लिएको बताए ।

अन्तरसम्वादमा प्रवासी नेपालीका सामग्रीलाई नेपाली मिडियामा कसरी प्रभावकारी रुपमा उठाउने विषयका साथै हाल नेपालमा चर्चामा रहेको मिडिया काउन्सिल विधेयक आदिका बारेमा छलफल गरिएको थियो । सहभागीहरुबाट सोधिएको प्रश्नको प्रेस काउन्सिल नेपालका सदस्य भण्डारी, पत्रकारहरु पौडेल, आचार्य र मरहठ्ठाले जवाफ दिएका थिए । अन्तर सम्वादको निचोड प्रस्तुत गर्दै सहजकर्ता योगीले प्रवासी नेपालीको विषयहरु मूलधारमा नेपाली मिडियामा धेरैभन्दा धेरै ल्याउनका लागि पत्रकारहरुलाई पूर्णकालिन र दक्ष बनाउन प्रवासी नेपाली संघसंस्थाले सहयोग गर्नुपर्ने र पत्रकारहरुले पनि पहल गर्नुपर्ने बताए ।

महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम शाखाका महासचिव संजयभक्त कँडेलले संचालन गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालले धन्यवाद ज्ञापन गरेका थिए ।

अन्तरसंवादमा जनप्रगतिशील मंच युकेका अध्यक्ष सुरेश गौतम, तमुधीँ युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, सोलिसिटर राजु थापा, एनआरएनए उपाध्यक्षहरु पुनम गुरुङ र प्रेम गाहामगर, एनआरएनए आइसिसी सदस्य रामशरण सिंखडा, एनआरएनए अभियन्ता कृष्ण तिमल्सेना, समाजसेवी आरती श्रेष्ठ, क्याप्टेन आरके श्रेष्ठ, सरस्वती केसी, कलाकार सनम वैराग, सिर्जनशील नेपाली समाज यूकेका पूर्व अध्यक्ष धनबहादुर सार्की, मगर संघ युकेका उपाध्यक्ष राम गलामी, गुल्मी समाज युकेका अध्यक्ष टोप पल्ली, नेपाल पत्रकार महासंघ युके शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, नेपाल प्रेस यूनियन युकेका अध्यक्ष विपिन निरौला, पत्रकार राजेन्द्र भट्ट, नेप्लिज सेफ एसोसियसनका अध्यक्ष दधि आचार्य, व्यवसायी कमल पौडेल, तमु समाजका अध्यक्ष शिवचन्द्र गुरुङ, नेपाल इन्जिनियर्स एसोसिएसन युके केन्द्रका अध्यक्ष ईन्जिनियर तेजेन्द्र रोका, नेपलिज वुमन्स एसोसिएसन युकेकी अध्यक्ष आरती श्रेष्ठ, व्यवसायी कृष्ण तिवारी, नेप्लिज व्रिटिश कम्यूनिटीका अध्यक्ष मिलन घिमिरे, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख साहित्यकार खगेन्द्र नेपाली, ब्रन्टोक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, नेपाली टिभीका संस्थापक विजय थापा, पर्वत वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरज पौडेल, शाखाका उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत,सचिवहरु पूर्ण गुरुङ र शिव भण्डारी, सल्लाहकार फडिन्द्र भट्टराई, व्यवसायी विष्णु खरेल, भीमलाल भट्टराई, उमेश मोक्तान, डा. मीन रानाभाट, क्षमता ढकाल र कमला रानालगायतको सहभागिता थियो ।


प्रतिक्रिया

सम्बन्धित सामाग्री