लन्डन । गैर आवासीय नेपाली संघ युकेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुको तर्फबाट नागरिक अभिनन्दन गरेको छ ।
मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा उक्त अभिनन्दन पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरियो।सो कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्राउन गैर आवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गर्नुभयो । उपाध्यक्ष आचार्यले ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसंग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह गर्नुभयो ।
एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका समस्या समाधान गर्न बेलायत सरकारसंग उच्चस्तरीय वार्ता टोली बनाउन पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उहाँहरुको नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न आग्रह गर्नुभयो।
त्यस्तै उहाँले गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो। उहाँले ‘भिजिट नेपाल इएर २०२०’ को प्रवर्द्धन गर्न जति सक्दो चांडो नेपाल वायु सेवा निगमको लन्डन–काठमाडौँ सिधा उडानको व्यवस्था मिलाउन पनि माग गर्नुभयो ।
भेटघाट कार्यक्रममा एनआरएन युकेका उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आइसीसीका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सरांगकोटी, संगीता मरहट्टा लगायतको सहभागिता थियो ।
उक्त समारोहमा एनआरएन युकेले प्रधानमन्त्रीलगायत भ्रमण टोलीका सम्पूर्ण सदस्यहरुलाई मायाको चिनो स्वरुप एनआरएन युकेको ब्याच लगाइदिएको थियो ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित