लन्डन । इतिहास बोकेको युरोपकै सबैभन्दा पुरानो सामाजिक संस्था ‘यती नेपाली एसोसिएसन यूके’ को अध्यक्षमा ध्रुव केसी निर्विरोध निर्वाचित भएका छन् । २८ अप्रिल आइतबार गोल्डेनसीप रेस्टुराँमा, साउथ हयारोमा सम्पन्न अधिवेशनले केसीलाई २९ औं कार्यसमितिका लागि निर्विरोध अध्यक्ष चुनेको हो ।
केसी सन् १९८२ देखि यतीको सामाजिक सचिव, कोषाध्यक्ष, ७ वर्ष महासचिव र ५ वर्ष उपाध्यक्ष भएर काम गरिसकेका थिए । उनी डा. राघवप्रसाद धिताल, खगेन्द्र नेपाली र डा. कुमुद धिताल अध्यक्ष भएका बेला यतीमा ‘ब्याक बोन’ थिए ।
केसीले यतीले विगतमा मनाउने गरेको मुख्य चाडपर्व, खेलकुद, च्यारिटी गतिविधिलाई निरन्तरता र सदस्यता विस्तार मुख्य प्राथमिकता रहेको बताए ।
सन् १९७४ मा लन्डन आएका केसीले २१ वर्ष नेपाल पर्यटन बोर्डको यूके दूत भएर काम गरे भने उनी नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष पनि हुन् । ब्रिटेन नेपाल टुरिजम अर्गनाइजेसन यूकेका संस्थापक अध्यक्ष र किङडम इन हिमालय म्यागेजिनको प्रकाशक पनि थिए केसी ।
वरिष्ठ उपाध्यक्षमा बाचस्पति रेग्मी, उपाध्यक्ष जीवन सेन, महासचिव डा. मुकुन्द बास्तोला, सह-महासचिव कृष्ण पौडेल, कोषाध्यक्ष देव गुरुङ, सामाजिक सचिव जित रानाभाट, सांस्कृतिक सचिव माया केसी, प्रकाशन सचिव काशीराज बोहोरा र सदस्यमा तिलक भट्टराई चुनिए । रिक्त ६ सदस्य पछि थपिने बताइएको छ । यतीमा जम्मा ९७ जना साधारण सदस्य छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष शशीधर नेपालले आफ्नो कार्यसमिति, निर्वाचन समिति र अधिवेशन सम्पन्न गराउन खटिने समाजसेवी अग्रहजहरु मदन थापा, हरि केसी, सोलिसिटर राजु थापा, चित्रबहादुर गुरुङलगायतलाई धन्यवाद दिएका थिए ।
अधिवेशनले तीन संरक्षक र ११ जना सल्लाहकार राख्ने व्यवस्था र अध्यक्षमा उठ्न एक कार्यकाल काम गरेको हुनुपर्ने विधान संशोधन गरेको छ ।
यती निर्वाचन गराउन निर्वाचन समिति संयोजक आर के त्रिपाठी, सदस्यहरु उमेशराज मोक्तान र क्याप्टेन रत्न श्रेष्ठ जुटेका थिए । सन् १९६० मा स्थापित यतीको संस्थापक अध्यक्ष वरिष्ठ राजनीतिज्ञ पशुपति शमशेर जबरा हुन् ।
तस्विर- शिव भण्डारी
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी