लन्डन । ब्रिटिश प्रधानमन्त्री टेरेजा मेले उनकै शब्दमा संसदमा उत्पन्न गतिरोध अन्त्यका लागि ब्रिटेनले युरोपेली संघ छाड्ने मिति पर सार्न युरोपेली संघलाई आग्रह गर्ने जनाएकी छन् । मेले प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिटमा धारा ५० को म्याद बढाउन इयूलाई अनुरोध गरिने जनाएकी हुन् ।
यद्यपि उनले त्यस्तो मिति सकभर छोटो हुने र २२ मे अघि नै हुनेमा जोड दिइन् । त्यसो गर्दा ब्रिटेनले युरोपेली संसदको चुनाव गराउनु पर्ने छैन् ।
उनले ईयूसंग भविष्यमा कस्तो सम्बन्ध राख्ने बारेमा एउटा सहमति बनाउन विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई आफूले भेट्न चाहेको पनि बताएकी छिन् ।
बीबीसीका अनुसार, प्रधानमन्त्री मेले मंगलबार आफ्नो क्याबिनेटका सदस्यहरुसंग सात घण्टा भन्दा लामो समय छलफल गरेपछि इयूसंग सम्झौतासहित बाहिरिन समय बढाउन आवश्यक भएको बताउंदै कोर्बिनसंग सहमतिका लागि भेट्ने उद्घोष गरेकी हुन् । ‘बिना सम्झौता बहिगर्मन भएपनि दीर्घकालिन रुपमा हामीलाई फाइदा छ भन्नेमा म सधैं स्पष्ट थिएं तर सम्झौतासहित अलग्गिनु उत्कृष्ट समाधान हो’, मेले आफ्नो कार्यालयमा भनिन् ।
नेता कोर्बिनले ब्रेक्जिट योजनामा प्रधानमन्त्रीलाई भेट्न आफू उत्सुक भएको प्रतिक्रिया दिएका छन् । मेले कोर्बिनसंग एउटा सम्झौता हुने आशा गरेकी छन् जसलाई अप्रिल १० को युरोपियन काउन्सिल समिटअघि बेलायती संसदमा अनुमोदनका लागि लगिनेछ । यसअघि ब्रिटेन यूरोपेली संघबाट बाहिरिने सम्वन्धि सम्झौता (ब्रेक्जिट) तीन पटकसम्म अस्वीकृत भइसकेको छ ।
ब्रिटेनले यही १२ अप्रिलसम्ममा ईयूलाई नयां प्रस्ताव नगरेमा ब्रिटेन बिना कुनै सम्झौता ईयूबाट बाहिरिनेछ । बेलायत बहिगर्मन हुने पूर्व निर्धारित समयसीमा २९ मार्च भएपनि प्रक्रिया विलम्ब भएपछि इयूले केही समय थपेको हो ।
बिना सम्झौता बाहिरिने अवस्था आएपनि युरोपियन युनियनले बेलायतसंग १० बिलियन युरो माग्ने भएको छ । बेलायतले इयूलाई सन् २०१९ का लागि कुल बजेट योगदान स्वरुप १७ दशमलव ४९ बिलियन युरो तिर्नुपर्नेमा बेलायतले अहिलेसम्म ७ दशमलव २ बिलियन युरोमात्र तिरेको छ । बक्यौता रकम इयूले तत्काल खोजेको समाचारमा उल्लेख छ ।
सन् २०१६ जुनमा बेलायती जनताले इयूबाट अलग्गिने पक्षमा बढि मत दिएयता शुरु भएको ब्रेक्जिट प्रक्रिया अझै अन्यौलमा छ । प्रधानमन्त्री मेले गत नोभेम्बर २०१८ मा इयूसंग गरेको सम्झौता बेलायती संसदले तेश्रो पटक अस्वीकृत गरिसकेको छ भने यसले संसद नै विभाजित हुन पुगेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा