लण्डन- बेलायतकी प्रधानमन्त्री टेरेजा मेको सरकारले ब्रेक्जिट (यूरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया) लाई केही लम्ब्याउने बिषयमा निर्णय लिन आगामी हप्ता गरिने भनिएको संसदको मतदान तत्काल नगर्ने उल्लेख गरेको छ ।
ब्रेक्जिट प्रक्रियालाई धेरै पछि नपुरयाउन सरकारले संसदमा बहुमत पाउने प्रत्याभूत नहुँदासम्म मतदान नगर्ने प्रधानमन्त्री मेले बताउनु भएको छ । यस पहिले ब्रेक्जिटबारे प्रधानमन्त्रीले इयू नेताहरूसँग गरेको सम्झौता अनुमोदन गराउन बेलायती संसदमा भएका दुई फरक फरक प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो ।
बेलायती प्रधानमन्त्री मेले गत मंगलवार संसद्मा प्रस्तुत गरेको ब्रेक्जिट सम्झौता अस्वीकृत भएको थियो । ब्रेक्जिटका लागि अब केवल केही दिनमात्र बाँकी छ । यसअघि जनवरीमा पनि संसद्ले सो सम्झौता अस्वीकृत गरेको थियो ।
गत मंगलवार संसद्मा भएको मतदानमा ब्रेक्जिट सम्झौताको विपक्षमा ३९१ मत र पक्षमा २४२ मत परेको थियो । विशेषगरी, ईयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायत विभाजित छ । यो विवादका कारण सांसदहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका हुन् ।
मंगलवार सम्झौता अस्वीकृत भएपछि मेले एक विज्ञप्ति जारी गर्दै आफू अझै पनि इयू नेतासँग भएको सम्झौतासहितको नियमित ब्रेक्जिटको पक्षमा रहेको बताउँदै आउनु भएको छ । उहाँले उक्त सम्झौता उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ ।
बेलायतले विना सम्झौता ब्रेक्जिट भए अधिकांश आयातमा कर छूट हुने बताएको छ । उसले अघि सारेको अस्थायी योजनामा समग्र आयातको ८० प्रतिशतमा कर छूट हुने उल्लेख छ ।
अहिलेको योजनाअनुसार ईयूबाट मात्रै हुने ८२ प्रतिशत आयातमा कुनै कर लाग्ने छैन । अहिले ईयूबाट आउने कुनै पनि सामग्रीमा कर लाग्दैन । त्यस्तै ईयूभन्दा बाहिरबाट आउने ९२ प्रतिशत सामग्रीमा कर छूट हुनेछ । अहिले ईयू बाहिरका ५६ प्रतिशत आयातमा मात्र कर छूटको व्यवस्था छ ।
बेलायतका व्यापार नीति मन्त्री जर्ज होलिङबेरीले मुलुकको प्राथमिकता ईयूसँगको सम्झौता कायम राख्नु र विश्व व्यापारिक सम्बन्धमा कुनै आँच आउन नदिनु रहेको बताउनुभयो । तर, कुनै पनि अवस्थाको लागि तयार हुनुपर्ने उहाँको भनाइ छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण