लन्डन । एनआरएनए यूकेको कार्यालय सर्ने भएको छ । हाल अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टको एक छेउमा रहेको कार्यालय अन्यत्र सार्ने तयारी भएको हो । उक्त कार्यालय एनआरएनए यूके उपाध्यक्ष एवं भेटघाट रेष्टुरेन्टका सञ्चालक शेरबहादुर सुनारले विगत १८ महिनादेखि निशुल्क उपलव्ध गराएका थिए । मार्च १ देखि नयां ठाउंमा भाडा तिरेर सर्ने कुरा भएपनि सामान सार्न भने अझै बांकी छ ।
आउंदो सेप्टेम्बरमा नयां कार्यसमितिका लागि निर्वाचन हुने तयारी भइरहंदा उक्त ठाउंमा गोपनियता कायम नरहने आशंकाबीच एनआरएनए यूकेले अफिस सार्ने निर्णय बैठकमै गरेको थियो । कार्यालय उपलब्ध गराउने सुनार आगामी निर्वाचनमा अध्यक्ष पदका बलियो दावेदार हुन् ।
‘मैले त अहिले देखि नै ८/९ सय पाउण्ड बाहिर किन खर्च गर्ने बरु घोषणासभापछि सारे हुन्छ भन्दा उहांहरु मान्नु भएन’, उपाध्यक्ष सुनारले भने, ‘यसमा मेरो कुनै आपत्ति पनि छैन् ।’
एनआरएनए यूकेमा १० हजार सदस्यता बनाउन संयोजकको जिम्मेवारी लिएका सुनारले सदस्यता विस्तार कार्य मार्च महिनासम्म तीव्र पारिने जानकारी दिए । सुनार दश हजार सदस्यता सजिलै बनाउन सकिनेमा विश्वस्त छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते