
लन्डन । ब्रिटिश सेनामा नेपालीको आकर्षण झन् बढ्दै गएको छ । यो वर्ष नेपालबाट बेलायत आउने युवाको संख्या बढ्ने भएको समाचारमा जनाइएको छ । गोर्खा इन्टेक २०१९ का लागि नेपालमा छनोट प्रक्रिया जारी छ । यसवर्ष सन् १९८५ यताकै सबैभन्दा बढि युवा ब्रिटिश आर्मीमा भर्ती हुने भएका छन् ।
बेलायतले ब्रिटिश सेनामा संख्या बढाउने सहमति गरेपछि शुरुमा भनिएको ३२० को सट्टा ३३ वर्षमा गोर्खा कम्पनीले ४०० जना भन्दा बढिलाई छानेर ल्याउने तयारी गरेको ‘दि फोर्सेस टिभी’ ले जनाएको छ ।
गत सेप्टेम्बरमा आ-आफ्नो क्षेत्रबाट पहिलो चरणमा १० हजार आवेदकमध्येबाट ५८० जना छानिएको थियो । ति अन्तिम प्रतिष्पर्धाका लागि पोखरा आएका छन् ।
‘फाइनल एसेसमेन्ट’ का लागि आएका युवाले ज्यादै कठिन चरण पार गर्नुपर्नेछ । सिट अप, पुल अप लगायत डोको दौड जस्ता अप्ठ्यारा कोर्स पार गरेपछि ब्रिटिश आर्मीमा छान्ने प्रचलन छ ।
२५ किलो बालुवा डोकोमा राखेर पहाड पहाड दौड्ने परीक्षा भर्ती छनोटमा सबैभन्दा कठिन र डरलाग्दो ठानिन्छ । डोको दौड सन् १९८९ देखिमात्र ल्याइएको हो ।
उता, ब्रिटिश आर्मी संख्या घट्दै गएकामा चिन्ताको विषय बनेको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेले आर्मड फोर्सेस छाड्ने सैनिकहरुको संख्या बढ्दै गएपछि यसबारे अनुसन्धान गर्न निर्देशन दिएकी छन् । गत वर्षमात्र ८ हजारभन्दा बढिले मिलिट्री करिअर छाड्ने निर्णय लिएका थिए । प्रधानमन्त्री मेले डिफेन्स सेलेक्ट कमिटीका सदस्य मार्क फ्रान्क्वांलाई यस मुद्दा हेर्न निर्देशन दिएकी छन् । मार्कले आर्मड फोर्सेसमा धेरै मानिस सहभागी गराउन महत्वपूर्ण भएको जनाउंदै प्रधानमन्त्रीले आफूलाई कसरी यसमा सुधार गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न भनेको उल्लेख गरे ।
गत वर्ष १३ हजार जना ब्रिटिश आर्मड फोर्समा प्रवेश गरेका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न