काठमाडौँ, २७ मङ्सिर – स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस व्यक्तव्यमा उल्लेख छ । गेसोका पूर्वमहासचिव चन्द्रबहादुर गुरुङ र अन्यले स्मारक निर्माणमा धोका दिनाका साथै आर्थिक अपचलन गरेको सभापति गुरुङको आरोप छ ।स्मरण रहोस् गेसो स्थापना हुदा पदम सभापति र चन्द्र महासचिव थिए । आफूले बेलायतसँग अनवरत रूपमा २७ वर्षसम्म सङ्घर्ष गरेर गोर्खा भूपू सैनिकलाई अधिकार दिलाइसकेपछि नेपालमा पनि केही गर्नुपर्छ भन्ने सोच राखी विभिन्न युद्धमा बिनाकारण विदेशी भूमिमा मारिएका र बेपत्ता पारिएका हजारौँ पितापुर्खाको सम्झनामा स्मारक निर्माण गर्ने परिकल्पना गरिएको भन्दै उहाँले राष्ट्रिय गौरवको समाधि निमार्णमा आफूले भूपू सैनिकहरुबाट ऋण लिएर काम अगाडि बढाएको बताउनुभयो ।
उक्त स्मारकका गुरुयोजनाकार तथा वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमाललाई थाहै नदिई चन्द्रबहादुरले पर्यटन विभागबाट रकम लिई साल्मेडाँडामा योजनाको नक्साविपरीत आफूखुशी पानीको ट्याङ्की तथा संरचना खनेर सम्पूर्ण योजनाको स्वरुप बिगार्नुका साथै सरकारी रकम दुरुपयोग गरेकामा पर्यटन विभागले छानबिन गरेर दोषीबाट सरकारी रकम असुलउपर गर्ने पर्ने प्रेस व्यक्तव्यमा उल्लेख छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते