लण्डन । नेपाल पत्रकार महासंघ बेलायतले साउथइष्ट लण्डनको नेपाली समुदायसंग एक वृहत अन्तरक्रिया गर्ने भएको छ ।
बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका क्षेत्रहरुमा पुगेर स्थानीय समुदायसंग अन्तरक्रिया गर्ने योजनाअनुरुप पहिलो कार्यक्रम यही डिसेम्बर १६ तारिख आइतबार साउथ इष्ट लण्डनमा गर्न लागिएको हो ।
प्लमस्टिडस्थित गेसो हल (चौतारी रेष्टुरेन्टसंगै) मा मध्यान्ह १२ देखि दिउंसो ३ बजेसम्मका लागि कार्यक्रम निर्धारित छ ।
कार्यक्रम संयोजक तथा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालका अनुसार, अन्तरक्रियामा साउथ इष्ट लण्डनस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा, बुद्धिजिवी, व्यवसायीहरुका साथै बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सहभागिता रहनेछ ।
समुदाय र पत्रकारहरुबीचको सम्बन्ध सुदृढ गर्ने, आपसी सहकार्य गर्ने, व्यवसायिक पत्रकारिताको विकासमा सहयोग गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित रहने संयोजक अर्यालले जनाए ।
अन्तरक्रियाको सुरुमा बिबिसीमा कार्यरत अग्रज पत्रकार भगिरथ योगीले कार्यक्रमको विषयवस्तु तथा अवधारणापत्र प्रस्तुत गर्नेछन् । अन्तरक्रियाका सबै सहभागीले सम्बन्धित विषयमा पालैपालै आफ्नो विचार व्यक्त गर्न मौका पाउनेछन् । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका पूर्व अध्यक्ष समेत रहेका युनिभर्सिटी कलेज लण्डन (युसिएल) का एशोसिएट प्रोफेसर डा तेजेन्द्र फेरालीले अन्तरक्रियामा व्यक्त विचारहरुमाथिको टिप्पणीसहित विश्लेषण प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको अन्त्यमा अन्तरक्रियामा व्यक्त सुझावहरु निष्कर्षका रुपमा प्रस्तुत गरिनेछ ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागि साउथ इष्टस्थित नेपाली समुदाय र बेलायतमा कार्यरत सबै पत्रकारहरुलाई आव्हान गरेका छन् । समुदाय र पत्रकारहरु एक अर्काबाट के कस्ता अपेक्षा राख्छन् ? उनीहरुबीच के कसरी सहकार्य हुन सक्छ ? दुवै पक्षबाट एक अर्कालाई के कस्तो सहयोग हुन सक्छ ? जस्ता विषयमा पत्रकार र समुदाय संगै बसेर गरिने छलफल उपयोगी बन्ने उनको विश्वास छ ।
कार्यक्रमका लागि साउथ इष्टस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र समुदाय गरी झण्डै १ सय जनालाई निमन्त्रणा पठाइसकिएको शाखाका महासचिव सञ्जयभक्त कंडेलले बताए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न