सन्नी लियोन नाचिन् नेपाली चलचित्र गीतमा, लण्डनमा छायांकन

लण्डन । चर्चित बलिउड कलाकार सन्नी लियोनले नेपाली चलचित्र ‘पासवर्ड’ को एउटा गीतमा छायांकन गरेकी छन् ।

सन्नी लियोन र अन्य कलाकारहरु सहभागी गीतको छायांकन दुई दिन लगाएर गत साता लण्डनको किङस्टनस्थित प्रिज्म नाइटक्लबमा गरिएको थियो ।

३ वटा क्लब र ९ वटा बार रहेको प्रिज्ममा संसारकै चर्चित डिजे तथा कलाकारहरुले कार्यक्रम गर्ने गरेका छन् ।

सनीले विक्रम जोशीले रचना गरेको तथा अर्जुन पोख्रेलले संगीतबद्ध गरेको ‘आजको शाम बेबी…’ भन्ने गीतमा नृत्य गरेकी थिइन् । चर्चित भारतीय कोरियोग्राफर विष्णु देवा पनि मुम्बइबाट लियोनसंगै आएर नृत्य निर्देशन गरेका थिए ।

नेपाली चलचित्र पासवर्डको नृत्य सिक्वेन्समा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ, शुटिङ सकेर मुम्बइ फर्कनुअघि लियोनले भनिन्- मलाई नेपाल निकै मन पर्दछ र मलाई विश्वास छ नेपाली दर्शकहरुले यो चलचित्र मन पराउनुहुनेछ ।

कलाकारको पारिश्रमिक तथा अन्य खर्च जोड्दा लण्डनमा छायांकन गरिएको सो गीत नेपाली चलचित्रकै अहिलेसम्मकै सबैभन्दा खर्चिलो गीत भएको सूत्रहरुले जनाएका छन् ।

चलचित्रका एकजना नायक तथा सह-निर्माता विक्रम जोशीले बेलायतमा चलचित्रको शुटिङ सकिएको र यही डिसेम्बर महिनाभित्र पोस्ट प्रोडक्शनको काम सक्ने योजना रहेको बताए । चलचित्र सन् २०१९ मा रिलिज हुने बताइएको छ ।

सिनेम्याक्स लन्डन लिमिटेडसंगको सहकार्यमा बनाउन लागिएको सो पहिलो फिल्ममा चलचित्र ह्याप्पी डेज मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार न् । विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन् । 

सस्पेन्स, एक्सन र थ्रीलरले भरिपूर्ण सो फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका छन् । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । सौरभ लामाको छायांकन रहेको फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन्  

झण्डै ९० प्रतिशत भन्दा बढी छायांकन बेलायतमा र अरु नेपालमा गरिएको सो फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित ब्रिटि फिल्म इन्स्टिच्यूटमा समेत दर्ता गरिएको छ नेपालबाट आएका २० जना कलाकार तथा प्राविधिकहरुको टोलीले लन्डन, बर्नमाउथ, ससेक्स लगायत ठाउँमा फिल्मको छायांकन गरेको थियो 

शुरुमा १३ करोड रुपैयांको लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको उक्त फिल्मको कूल निर्माण खर्च ३० करोड पुग्ने दावी निर्माताको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी लागतको नेपाली चलचित्र हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री