लण्डन । नेपाली कला संस्कृति र परम्परा अब नेपालमा मात्र सिमित रहेन । पर्यटन भित्राउन समेत महत्वपूर्ण भूमिका रहेको नेपाली संस्कृति नेपालीहरु प्रवासिने क्रम बढेसँगै विश्वका विभिन्न कुनामा नेपाल र नेपाली परम्परा सम्वन्धि विविध कार्यक्रम गर्न थालिएको छ ।
यसै साता पनि बेलायतमा नेवारी समुदायको महान पर्व म्हः पूजा एवं नेपाल सम्वत् ११३९ वृहत सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
पासा पुच गुठी साउथ ईष्ट लण्डनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेवारी परम्परा अनुरुप लाईनबद्ध भएर दुनामा नेवारी परिकार र ऐलाको स्वाद लिएको दृश्य निकै रमणीय र नेपालकै झल्को दिने देखिन्थ्यो ।
म्हः पूजा गर्न करिब दुई सय जनाको सहभागी थियो । नेवार समुदाय मात्र नभएर अन्य समुदाय पनि म्हः पूजामा सहभागी भएका थिए ।
नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको मान्यता छ ।
प्रवासमा रहेर पनि नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि मात्र नभएर नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै अन्य समुदायमा पनि प्रवर्धनका लागि यस्ता किसिमका कार्यक्रम गर्नु संस्थाको मुल उदेश्य रहेको अध्यक्ष सुशिल प्रजापतिले जानकारी दिए ।
कुमारी यात्रा र झांकीबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा नेवारी समुदायमा लोकप्रिय मानिने धिमे बाजा, लाखे नाच, मंजुश्री नृत्य, हुलाँ प्याखँ साथै विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
पासा पुच गुठी बेलायत केन्द्रिय अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बेलायत स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
करिब पाँच सय दर्शक सहभागी रहेको सो कार्यक्रम कलाकार मनिष कुमार श्रेष्ठले संचालन गरेका थिए ।
शब्द/तस्विर- कुशल श्रेष्ठ
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]