
बडा दशैंमा महानवमीको दिनमात्र दर्शन गर्न पाइने हनुमानढोका परिसरमा रहेको तलेजु भवानीको दर्शन गर्न लामबद्ध भक्तजन । तस्वीर – रासस
भक्तपुर १ कात्तिक – जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ ।
तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको हो । आजै टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजुमा लगेर पूजा गर्ने कार्य पुरा भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको हो । कुमारीको चतुर्ब्रह्म महाविहारमा लगि पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।
त्यसैगरी भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । महानवमीको दिन आज एकदिनका लागि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिने भएकाले तलेजु मन्दिर दर्शनार्थीहरुको भीड लागेको हो । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।
सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।
राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेकवर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्ने गर्दछ ।
एकअर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रुपमा प्रवेश गरेको जनविश्वास रहेको छ । त्यसैबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रुपमा पुजिन थालिएको हो । कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भएको थियो, त्यसपछि काठमाडौँ र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
तलेजुमा दशैंमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा मनाइएको छ । तलेजुका मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुनेछ ।
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले दियो सर्वोच्चमा रिट, निर्वाचनका लागि आयोगमा दर्ताको निवेदन
ओशाकाको कार्यक्रमसंगै नेपथ्यको जापान यात्रा सम्पन्न
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र