काठमाडौँ, १९ असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यान्माको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुरयाउन नेपाल तत्पर रहेको विश्वास दिलाउनुभएको छ ।
उहाँले भन्नुभयो, “नेपालको आफ्नै मौलिकतामा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नमूना हो ।” नेपालको शान्ति प्रक्रियाको अध्ययन गर्न आएको म्यानमारको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’को टोलीसँग आज परराष्ट्र मन्त्रालयमा अन्तक्र्रिया गर्नुहुँदै मन्त्री ज्ञवालीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउन खेलेको भूमिकाको समेत स्मरण गर्नुभयो ।
प्रतिनिधिमण्डलको प्रश्नको उत्तरमा मन्त्री ज्ञवालीले नेपालको शान्ति प्रक्रियामा बृहत् शान्ति सम्झौताको आधारमा अगाडि बढेको र त्यसका विभिन्न चार आयाम रहेको बताउनुभयो ।
हरेक द्वन्द्वका विशेष कारण हुने भएकाले समाधान पनि विशेष तरिकाले नै हुने स्पष्ट पार्नुभयो । म्यान्माको ‘ज्वाइन्ट मनिटरिङ कमिटी युनियन लेभल अन सिजफाइर’का प्रमुख लेफटिनेन्ट जर्नेल यर प्याइले नेपालको शान्ति प्रक्रिया के कसरी सफल भयो, त्यसबाट आफूहरुले के कस्तो ज्ञान लिन सकिन्छ भन्नेबारेमा मन्त्री ज्ञवालीसँग जिज्ञासा राख्नुभएको थियो ।
उहाँले नेपालको शान्ति प्रक्रिया आफूहरुका लागिसमेत सन्दर्भ सामग्री हुनसक्ने बताउनुभएको थियो । सो कार्यक्रममा परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि म्यान्माका राजदूतलगायतको सहभागिता थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते