काठमाडौँ, १८ असोज – भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ ।
एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।
नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याउनुभयो । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् ।
भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आउनुभएको छ । नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नुहुनेछ । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते