लन्डन । नेवा संस्कृति संरक्षणका लागि बेजिङस्टोक, बेलायतमा सामूहिक नेवा भोज गरिएको छ । डायस्पोरामा पनि नेपाली कला संस्कृति र परम्परा संरक्षण गर्ने पहल स्वरुप नेवा परिकारसहितको भोज गरिएको हो । भोजमा धिमे बाजाको तालमा सहभागी खुबै रमाए ।
नेवा भोजमा परम्परागत पोशाकसहित उपस्थित भएका बेलायतका नेवारहरुले आफ्नै संगीतको मज्जा लिएका थिए ।
बेलायतका बिभिन्न शहरमा रहेका विभिन्न समुदायका नेवाहरु भोजमा सहभागी भएको पासा पुच गुथि केन्द्रीय समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठले बताए ।
समेबजी पछिको छोटो औपचारिक कार्यक्रम महासचिब नगेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । पासा पुच गुथि केन्द्रीय समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठसहित चार ‘च्याप्टर’ का अध्यक्षहरुले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा कार्यक्रम संयोजक तथा पासा पुच गुथि साउथ ईन्ट लण्डन च्याप्टरका अध्यक्ष सुशिल प्रजापतिले स्वागत भाषण गरेका थिए भने इटालियन नागरिक मेरीलिना फ्रिसनले नेवा संस्कृतिप्रति सम्मान व्यक्त गरे । ओजेश सिंहले गुथि भ्वयको महत्व बताए । कार्यक्रममा नेवा भोजमा योगदान पुर्याउने सबैलाई उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा उमेरको हिसाबले सबै भन्दा जेष्ठ नागरिक ९० वर्षीया बिष्णु माया कायस्थ नकिंको रुपमा उपस्थित भइन् । ज्येष्ठ नागरिकहरु यादवलाल बैध, शारदा बैध्य, बालमुकुन्द जोशी, जानकी कायस्थ, अर्जुन प्रधान, कुमार श्रेष्ठ, कपिल श्रेष्ठ, पर्शुराम वदगामी, प्रदिप श्रेष्ठले शिर्ष दश ज्येष्ठ स्थान र सो अनुसार स्यु (बोकाको टाउकाको भागहरु) प्राप्त गरे ।
उक्त कार्यक्रममा योगदान पुराउने पासा पुच गुथिका कार्यकारी सदस्यहरु, समन्वय समितिहरु, पासा पुच गुथि केन्द्रिय समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठ, पासा पुच गुथि च्याप्टर अध्यक्षहरु राजन मल्ल, रमेश श्रेष्ठ, शुशिल कुमार श्रेष्ठ, नेवा भ्वय तयारी गर्ने विषेश ब्यक्तित्वहरु मनिष कुमार श्रेष्ठलगायतप्रति आभार प्रकट गरिएको थियो ।
कार्यक्रममा उपस्थित पाँच ज्येष्ठ नागरिकलाई भ्वय सुरु अगावै परम्परागत फेता पहिराएर सम्मान गरिएको थियो भने धिमे बाजाका साथमा अतिथीहरुलाई स्वागत गरिएको थियो ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार