लन्डन । नेवा संस्कृति संरक्षणका लागि बेजिङस्टोक, बेलायतमा सामूहिक नेवा भोज गरिएको छ । डायस्पोरामा पनि नेपाली कला संस्कृति र परम्परा संरक्षण गर्ने पहल स्वरुप नेवा परिकारसहितको भोज गरिएको हो । भोजमा धिमे बाजाको तालमा सहभागी खुबै रमाए ।
नेवा भोजमा परम्परागत पोशाकसहित उपस्थित भएका बेलायतका नेवारहरुले आफ्नै संगीतको मज्जा लिएका थिए ।
बेलायतका बिभिन्न शहरमा रहेका विभिन्न समुदायका नेवाहरु भोजमा सहभागी भएको पासा पुच गुथि केन्द्रीय समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठले बताए ।
समेबजी पछिको छोटो औपचारिक कार्यक्रम महासचिब नगेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । पासा पुच गुथि केन्द्रीय समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठसहित चार ‘च्याप्टर’ का अध्यक्षहरुले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा कार्यक्रम संयोजक तथा पासा पुच गुथि साउथ ईन्ट लण्डन च्याप्टरका अध्यक्ष सुशिल प्रजापतिले स्वागत भाषण गरेका थिए भने इटालियन नागरिक मेरीलिना फ्रिसनले नेवा संस्कृतिप्रति सम्मान व्यक्त गरे । ओजेश सिंहले गुथि भ्वयको महत्व बताए । कार्यक्रममा नेवा भोजमा योगदान पुर्याउने सबैलाई उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा उमेरको हिसाबले सबै भन्दा जेष्ठ नागरिक ९० वर्षीया बिष्णु माया कायस्थ नकिंको रुपमा उपस्थित भइन् । ज्येष्ठ नागरिकहरु यादवलाल बैध, शारदा बैध्य, बालमुकुन्द जोशी, जानकी कायस्थ, अर्जुन प्रधान, कुमार श्रेष्ठ, कपिल श्रेष्ठ, पर्शुराम वदगामी, प्रदिप श्रेष्ठले शिर्ष दश ज्येष्ठ स्थान र सो अनुसार स्यु (बोकाको टाउकाको भागहरु) प्राप्त गरे ।
उक्त कार्यक्रममा योगदान पुराउने पासा पुच गुथिका कार्यकारी सदस्यहरु, समन्वय समितिहरु, पासा पुच गुथि केन्द्रिय समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठ, पासा पुच गुथि च्याप्टर अध्यक्षहरु राजन मल्ल, रमेश श्रेष्ठ, शुशिल कुमार श्रेष्ठ, नेवा भ्वय तयारी गर्ने विषेश ब्यक्तित्वहरु मनिष कुमार श्रेष्ठलगायतप्रति आभार प्रकट गरिएको थियो ।
कार्यक्रममा उपस्थित पाँच ज्येष्ठ नागरिकलाई भ्वय सुरु अगावै परम्परागत फेता पहिराएर सम्मान गरिएको थियो भने धिमे बाजाका साथमा अतिथीहरुलाई स्वागत गरिएको थियो ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान