
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अबदेखि संस्थाको सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लण्डनमा एक कार्यक्रम गरि अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो ।
एनआरएनए यूकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको बताइएको छ । भविष्यमा अनलाइन मतदानसहितका अन्य कार्यक्रमहरु पनि थप गर्दै जाने योजना समेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा एनआरएनए यूके उपमहासचिव तथा अनलाइन सदस्यता वितरण कार्यक्रमका संयोजक विनय अधिकारीले अनलाइनबाट सदस्यताको फारम बुझाउने विधि र प्रक्रियाहरुबारे भिडियो तथा ‘पावरपोइन्ट प्रिजेन्टेसन’ प्रस्तुत गरेका थिए ।
अनलाइन सिस्टमले सदस्यता आवेदन ब्यवस्थापन देखि स्वीकृति र परिचयपत्र वितरण लगायतका कार्यहरु सहज र छरितो बन्ने विश्वास अधिकारीको छ ।
अब एनआरएनए यूकेको सदस्यता लिनका लागि संस्थाको वेबसाइटमार्फत अनलाइन फारम भरेर शुल्क बुझाउन सकिनेछ । सदस्यता शुल्क बुझाउन डेबिट, क्रेडिट कार्डको साथै पेपालको प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले अनलाइनबाट छिटो छरितो र सहज ढंगले सस्तो शुल्कमा सदस्यता पाउन सम्भव बनेकाले अब सदस्यहरुको संख्या समेत बृद्धि हुने आशा व्यक्त गरे ।
नयां व्यवस्थाअन्तर्गत एनआरएन यूकेका सदस्यहरुको परिचयपत्र बेलायतबाटै जारी हुने भएकोले विगतमा आइसिसीबाटै सदस्यता कार्डहरु जारी हुने क्रममा देखिएका समस्याहरुको पनि हल हुने अपेक्षा छ ।
अनलाइन सदस्यता वितरण सुरु गरिएपनि यसअघिजस्तै कागजी आवेदनहरु पनि लिइने जनाइएको छ ।
अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष शेरबहादुर सुनार, प्रवक्ता रमेश सरांगकोटी, कोषाध्यक्ष सचिन श्रेष्ठ लगायतले पनि नयां व्यवस्थाबारे विभिन्न जानकारी गराएका थिए ।
तस्बिर- शिव भण्डारी
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा