लण्डन । बेलायत बस्ने एक जना सर्जक कुमार केसीको रचना, रमेश कायस्थको संगीतमा बनेको ‘सपनीमा देखेँ आमा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सो गीतमा चर्चित गायक प्रमोद खरेलले श्वर दिएका छन् भने रागा स्टुडियो काठमाडौँका आशिष अविरलले गीतको ‘अरेन्ज’ गरेका छन् ।
परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी मुटुको बिमारी आमालाई सम्झेर भावविभोर भएको कथा गीतमा समेटिएको छ ।
त्यसैगरी दशैंमा घरमा जान नपाउदाको पीडा, भाइटीकामा दिदीको संझनाले भक्कानिएको मुटु अनि साहुको ऋणले पिरोलिएको आमाको मर्म गीतले बोलेको छ ।
त्यसैगरी नेपालमा आमाले परदेशी छोरालाई सम्झेर बिताइरहेको कठिन पलहरु समावेश गरिएको छ । नेपाली ग्रामीण जीवनको यथार्थता बोकेको यस गीत र अभिनयले साँचो अर्थमा लाखौ प्रबासी छोराहरुको प्रतिनिधित्व गरेको छ ।
ललितपुरमा छायांकन गरिएको यस म्युजिक भिडिओमा विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा सफल अभिनय गरिसकेका कलाकारहरु जीवन भट्टराई, रश्मी भट्ट लगायत कलाकारहरुले अभिनय गरेका छन् । भिडिओको निर्देशन कान्तिपुर टेलिभिजनका कार्यक्रम निर्माता अर्जुन अधिकारीले गरेका छन् भने निर्माण कुमार केसीले गरका हुन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते