
काठमाडौँ, ६ असोज । नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितको कथा सुनेर भावुक बनेका छन् ।
विसं २०७२ को भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् । ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमूलक भेट भयो’ उहाँले भन्नुभयो ।
नेपालको एकसाता भ्रमणका लागि गत सोमबार काठमाडौँ आइपुगेका गेथिन्सले शनिबार ‘भाग्यले बाँचेकाहरु’ का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए ।
काठमाडौँको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुवै खुट्टा गुमाएका थिए । यसैगरी, काठमाडौँ काभ्रेस्थलमा डेरा गरी बसेका घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो । सेढाईं भने धरहराबाट खसेर बाँचेकी हुन् ।
गणेश पाण्डे निर्देशित ‘भाग्यले बाँचेकाहरु’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउण्डेशन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई आज काठमाडौँमा सम्मान गरिएको थियो ।
सांसद गेथिन्सकै पहलमा गतवर्ष भूकम्पको दोस्रो वार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसद्मा प्रदर्शन गरिएको थियो । ‘नेपालको वृत्तचित्र फिल्म बेलायतको संसद्मा प्रदर्शन हुनु नेपालीका लागि पनि गौरवको विषय हो ।
नेपालका भूकम्पपीडितका विषयमा उनले देखाएको चासो, चिन्ता, ऐक्यबद्धताको कदर गर्दै हामीले सांसद गेथिन्स र उहाँको टिमलाई सम्मान गरेका हौँ ।’, भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भन्नुभयो, ‘सांसद गेथिन्स निकै भावुक हुनुभयो ।’
२०७२ सालको भूकम्पको कथामा बनेको भाग्यले बाँचेकाहरुले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।
यो बेलायतको संसदमा प्रदर्शन हुने पहिलो नेपाली वृत्तचित्र फिल्म पनि हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते