
लन्डन । लन्डनस्थित ओ टु ब्रिक्सटनमा शनिबार बेलुकी भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमुग्ध पार्न नेपथ्य सफल भएको छ । मुलुककै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण मञ्चमा प्रस्तुत गरेको हो ।
ब्याण्ड पहिलो पटक पांच वर्षअघि वेम्ली एरिनामा प्रस्तुत भएको थियो जुन नेपाली संगीतकै इतिहासमा एउटा कोशेढुंगा बन्न सफल भयो । त्यसपछि दोश्रो र तेश्रोपटक ‘ओ टु ब्रिक्सटन’ मा कन्सर्ट भएको हो ।
कार्यक्रममा नेपथ्यले गाउन सुरु गरे लगत्तै हलमा खचाखच दर्शकले पनि गाएरै साथ दिएका थिए । कार्यक्रमको सुरुवातै नेपथ्यको सार्वजनिक हुन लागेको दसौं अल्बमबाट भएको थियो-
‘कुरुप अनुहार हो,
यहां कोहि साथी छैन्’
सरुभक्तले लेखेको र विक्रम गुरुङको संगीतले सजिएको यो गीतलाई नेपथ्यले अलिक बेग्लै सुनिने गरि एकोहोरोपनामा ढालेको छ ।
एकपछि अर्को प्रभावकारी गीतहरुको सूची सहित उपस्थित भएको नेपथ्यले कन्सर्टमा केहि नयां र केहि सर्वकालिक हिट यस्ता गीतहरु पनि प्रस्तुत गरेको थियो जुन बेलायतका श्रोताले यसअघि सुन्न पाएका थिएनन् । चाहे त्यो नेपथ्यको भर्खरै तयार भएको ‘शिरफूल शिरैमा’ होस्, वा केही समय अगाडिको गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आगनै भरि’, दर्शकले नेपथ्यको साथमा साथ मिलाएर गाएका थिए । ‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरुबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ’- मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘यस्तो मायाले संगीतको यात्रामा लागेर हामीले बिताएको २५ वर्ष सार्थक भएछ भन्ने लाग्ने गरेको छ ।’
दुईघन्टा लामो प्रस्तुतीका बखत अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घट्नाहरु उल्लेख गरे । उनले आफूले देखेको नेपालका बारे अरथ्याउंदै बारम्बार नेपाली-नेपाली बीच एकताको आवश्यकता पनि औंल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खांचो पर्ने बताए ।
नेपथ्यले यतिबेला मनाउदै आएको स्थापनाको रजत जयन्तीकै सिलसिलामा बेलायतको यो प्रस्तुती पनि जोडिएको हो ।
बेलायतको यो प्रस्तुतीसँगै ब्याण्ड अब नेपालमै आयोजना हुन लागेको कन्सर्टका निम्ति घर फर्किंदैछ । टोली यसै महिना स्वयम्भूमा प्रस्तुत हुंदैछ । ‘स्वयम्भू हाम्रो ड्रमसेटवादक ध्रुवको गृह मैदान हो,’ अमृत भन्छन् ‘यो कन्सर्ट उनैका निम्ति हो ।’ स्वयम्भूको कन्सर्ट सेप्टेम्बर २९ तारिख (असोज १३ गते, शनिबार) हुंदैछ ।
‘ब्याण्डले स्वयम्भूमा आफूलाई उभ्याउन तयार भएकोमा म असाध्यै खुशी छु,’ नेपथ्यका ड्रमसेट वादक ध्रुव लामा भन्छन्, ‘स्वयम्भू क्लबले आयोजनाको जिम्मा लिएको यो कन्सर्ट त्यस क्षेत्रको सम्पदा संरक्षण सहयोगार्थ गरिनेछ ।’
बेलायतमा सम्पन्न कन्सर्टमा पनि अमृतलाई स्टेजमा सधैं झैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
नेपाली लोकलयमा आधारित लोकप्रिय रक गीत बोकेर आउने नेपथ्यले परदेशमा आफ्नोपनको आत्मीयता बांड्दै आएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन