लण्डन । बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको दुई परिचय छन् । एउटा कुटनीतिज्ञ डा. दुर्गाबहादुर सुवेदी, अर्को साहित्यकार दुबसु क्षेत्री । साहित्यमा दुबसु क्षेत्री भनी पढेकाहरुलाई उनै क्षेत्री बेलायतका लागि राजदूत हुन् भन्दा कहिलेकाहीँ द्विविधामा पर्छन् । त्यसैगरी परराष्ट्र सेवाका सहसचिव दुर्गाबहादुर क्षेत्री नै साहित्यकार दुबसु क्षेत्री हुन् भन्नेमा अन्यौलमा पर्ने पनि छन् ।
व्यक्ति एक, परिचय दुई भएका सुवेदीलाई बेलायतका नेपालीको प्यारो बन्न सके पनि बेलायतमा नेपाली भाषा साहित्यका लागि के गर्न सकेँ कि सकिनँ भन्ने चिन्ता लाग्दो रहेछ । आइतबार क्यान्टबरी क्राइष्ट चर्च विश्वविद्यालयमा आयोजना गरिएको दोस्रो विश्व नेपाली साहित्य सम्मेलनमा उनले सो कुरा खोतले ।
नेपालबाट सो सम्मेलनमा भाग लिन आएका साहित्यकार तुलसी दिवसले ‘बेलायतका नेपालीका बीच त लोकप्रिय भइछस् भाइ तर बेलायतमा नेपाली भाषा साहित्यको विकासका लागि अहिलेसम्म के गरिस्’ भनेर यात्राकै क्रममा सोधेको सुवेदीले उल्लेख गरे । नेपाली भाषा साहित्यको विकासकै लागि आफूले हालसम्म उल्लेखनीय कार्य गर्न नसकिएको पनि उनले बताए ।
‘राजदूतको जिम्मा धेरैवटा झोला बोकेको जोगीको जस्तो हुँदो रहेछ’ उनले भने । तैपनि साहित्यकार, कलाकारहरुलाई दूताबासका तर्फबाट समर्थन, हौसला, प्रेरणा दिइरहेको उनले बताए ।
सन् १९३४ मा लण्डनमा स्थापना भएको नेपाली दूताबासमा हालसम्म खटिएका २० बेलायतका लागि नेपाली राजदूतमध्ये आफू केशर शमसेरपछिको दोस्रो साहित्यिक व्यक्ति भएको उनले खुलासा गरे । उनले आफ्नो बाँकी कार्यावधिमा नेपाली भाषा साहित्यको संरक्षण गरेरै जाने प्रण समेत गरे ।
विश्व नेपाली साहित्य महासंघको आयोजना र नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा भएको सो विश्व सम्मेलनमा भाग लिन नेपालबाट प्राज्ञ तुलसी दिवस, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. नोबलकिशोर राई, लेखक खगेन्द्र संग्रौला, गीतकार भावेश भुमरी, अष्ट्रियाबाट शीला स्टेनर आएका थिए । कार्यक्रममा प्रोफेसर बी लगायत बेलायतका स्थानीय साहित्यकार र संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले गरेका थिए भने संचालन जानु काम्वाङले गरेकी थिइन् । स्वागत मन्तब्य महासंघका सचिव केदार संकेतले दिए ।
कार्यक्रममा विभिन्न सातवटा कृतिको विमोचन गरिएको थियो । यस्तै स्रष्टाहरु तुलसी दिवसलाई सगरमाथा सम्मान र लक्ष्मी राई ‘लारा’लाई धवलागिरी सम्मान अर्पण गरियो । सोही कार्यक्रममा नेपालबाट आएका स्रष्टाहरुलाई नेपाली साहित्य विकास परिषद्ले सम्मान पनि गर्यो ।
कार्यक्रममा सुरेन्द्र इंगनाम, सेमन्त राई, भरत लोहोरुङ र डम्बर सिंहले नेपाली धुन प्रस्तुत गरेका थिए भने थीर थापाले गीत गाए । स्थानीय नानीहरुले नाच प्रस्तुत गरे ।
सम्मेलन आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा