चंकी पाण्डेकी छोरी अनन्या पाण्डे बलिउडमा डेब्यु गर्दैछिन् । यसअघि उनी करण जौहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा बनिरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट आफ्नो करिअर सुरु गर्ने चर्चा थियो ।
तर, अहिले ताजा समाचारहरुमा जनाइएअनुसार उनले ‘गली ब्वाए’ बाट डेब्यु गर्दैछिन् । उसो त यसअघि ‘स्टोरी २’ २३ नोभेम्बरदेखि प्रदर्शनमा आउनेवाला थियो । तर, यसको रिलिज डेट पछि सारिएको छ । अब यो फिल्म सन् २०१९ को मे महिनामा रिलिज हुनेछ ।
त्यही रणवीर सिंहको फिल्म ‘गली ब्वाए’ सन् २०१९ को भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुनेछ । फिल्ममा अनन्याको रोल सानो छ तर ‘स्टोरी २’ मा उनी अहम भूमिकामा देखिनेछिन् ।
फिल्म ‘गली ब्वाए’ को निर्देशन जोया अख्तर गरिरहेकी छन् । यो फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा देखिदैछन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो