बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी प्रेमी निक जोनससँग इन्गेजमेण्ट गरिसकेकी छन् । पिपुलडटकमकाअनुसार प्रियंकाको जन्मदिन १६ जुलाई २०१८ भन्दा दुई हप्ता अगाडि उनीहरुले इन्गेजमेण्ट गरेका हुन् ।
त्यसलगतै प्रियंका अमेरिकाबाट भारत फर्किएकी थिइन् । उनले सलमान खानसँग ‘भारत’ नामक फिल्म सुटिङ गर्नु थियो तर प्रियंकाले उक्त फिल्म छोडिदिइन् ।
फिल्मका निर्देशक अली अब्बास जफरले आफ्नो ट्वीटरमा यो कुराको पुष्टि गर्दै प्रियंका र निकको विवाहको संकेत दिएका छन् । आखिर प्रियंकाका प्रेमी निक को हुन् ?
रिपोर्टहरुकाअनुसार प्रियंका चोपडा र अमेरिकी पप स्टार निक जोनसको पहिलो भेटघाट ‘क्वान्टिको’को सेटमा भएको थियो । त्यसपछि त्यसको एक वर्षपछि गत वर्षको मई १ मा न्युयोर्कमा भएको मेट गालामा कार्यक्रममा उनीहरुसँगै सहभागी भएका थिए ।
एक अन्तर्वार्तामा प्रियंकाले राल्फ लान्रेसको एउटै डे«स पहिरिनेवाला थियौ र सँगै जानेको फैसला पनि गरेको बताएकी थिइन् । तर, उनले पहिलो भेटघाटका विषयमा भने केही खुलाइनन् ।

डिसेम्बर २०१७ मा निकले एक अन्तर्वार्ताका दौरान आफ्नो पहिलो भेटघाटका बारेमा मुख खोलेका थिए । उनले ‘क्वान्टिको’ फिल्मको सुटिङका क्रममा रोजरको माध्यमबाट प्रियंकासँग भेटघाट भएको बताएका थिए ।
प्रियंका र निक पछिल्लो एक वर्ष विभिन्न ठाउँमा सँगै देखिएका थिए । यसैगरी यही महिना न्युजर्सीमा भएको निकका भाइको विवाहमा पनि प्रियंका पुगेकी थिइन् । यसैगरी हालैमात्र निकलाई लिएर मुम्बई पुगेकी प्रियंकाले आफ्नो परिवारसँग पनि निकको परिचय गराएको बताइएको छ ।

प्रियंकाका प्रेमी निक अमेरिकाका प्रसिद्ध स्टार पप गायक मानिन्छन् । गायक, नायक र प्रोड्युसर रहेका २५ वर्षीय निकको नेटवर्थ कमाइ २५ मिलियन डलर छ । यस्तै, नायिका, मोडल र गायक रहेकी ३६ वर्षीया प्रियंकाको नेटवर्थ कमाइ ११ मिलियन डलर छ ।
भारतको झारखण्डको जमशेदपुरमा जन्मिएकी प्रियंकाका बुवा स्व. अशोक चोपडा र माता मधु चोपडा हुन् । उनले १२ कक्षासम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । यस्तै, अमेरिकाको टेक्सासमा जन्मिएका निक पल केविन जोनस र डेनिस मिलरका छोरा हुन् । उनले हाइस्कुल शिक्षा पूरा गरेका छन् ।
प्रियंकाको उचाइ ५ फिट ६ इन्च रहेको छ भने निक ५ फिट ७ इन्च अग्ला छन् । प्रियंका यसअघि असीम मर्चेन्ट, अक्षयकुमार, हरमन बावेजा र शाहिद कपुरसँग अफेयर चलेको थियो ।
यस्तै, निक भने माइली सायरस, सेलेना गोमेज, निकोल एन्डरसन, डेट गुटरेम, ओलिविया कल्पो र डेम लोवेटोसँग रिलेसनमा असफल भएका थिए ।
प्रियंकाले ५५ वटा फिल्ममा अभिनय गरेकी छिन् भने निकले १७ वटा एल्बममा काम गरेका छन् ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला