
पृथ्वी राजमार्गको चुम्लिङ्टारमा शुक्रबार बस दुर्घटनामा परी घाइते भएका यात्रुहरु पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराउँदै । तस्बिर-नारायण अधिकारी/रासस
चितवन-इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडाैंका ३० वर्षीय रवीन गुरुङ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् ।
यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान ११.५५ बजेको समयमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा बस त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट पोखरातर्फ जान आउँदै गरेको ना ६ ख २५०६ नंको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ गइरहेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिक खोल्सामा खसेको हो ।
बसले काठमाडौँबाट ३० जना यात्रु लिएर हिँडेको प्रहरीले जनाएको छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा