
पृथ्वी राजमार्गको चुम्लिङ्टारमा शुक्रबार बस दुर्घटनामा परी घाइते भएका यात्रुहरु पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराउँदै । तस्बिर-नारायण अधिकारी/रासस
चितवन-इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडाैंका ३० वर्षीय रवीन गुरुङ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् ।
यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान ११.५५ बजेको समयमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा बस त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट पोखरातर्फ जान आउँदै गरेको ना ६ ख २५०६ नंको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ गइरहेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिक खोल्सामा खसेको हो ।
बसले काठमाडौँबाट ३० जना यात्रु लिएर हिँडेको प्रहरीले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो