काठमाडौँ-मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आयोजना गर्ने ‘मिस टुरिजम–२०१८’ का लागि आजदेखि देशभर आवेदन खुल्ला गरिएको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने आयोजकको दाबी छ ।
प्रतियोगिताले नेपालका पर्यटकीय गन्तव्यको प्रवर्धन, आन्तरिक पर्यटकको वृद्धि, पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए । प्रतियोगिताका लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी साउन १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
आयोजकका अनुसार आवेदन दिने मिति सकिएपश्चात अडिसनबाट छानिएका प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट २०, १० र ५ हुँदै अन्तिम प्रतिस्पर्धा गराई मिस टुरिजम–२०१८, मिस टुरिजम फस्ट रनर अप–२०१८, मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ का साथै अन्य उत्कृष्ट प्रतिस्पर्धीको छनोट गरिने छ ।
मिस टुरिजम–२०१८ लाई नगद रु ५० हजार, मिस टुरिजम फस्ट रनर अप–२०१८ लाई रु ३० हजार र मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ लाई रु २० हजार प्रदान गरिनेछ । त्यसका साथै विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर प्रदान गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले वोर्डका विदेशमा हुने ट्राभल फेयरहरुमा मिस टुरिजमका विजेतालाई सहभागी गराउन आवश्यक रहेको बताए ।
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले मिस टुरिजमलाई नयाँ पर्यटन प्रोडक्टको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले मिस टुरिजम अझ प्रभावकारी र अन्तर्राष्ट्रियस्तरमा लैजान आवश्यक रहेको उल्लेख गरे ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान