काठमाडौँ-मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आयोजना गर्ने ‘मिस टुरिजम–२०१८’ का लागि आजदेखि देशभर आवेदन खुल्ला गरिएको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने आयोजकको दाबी छ ।
प्रतियोगिताले नेपालका पर्यटकीय गन्तव्यको प्रवर्धन, आन्तरिक पर्यटकको वृद्धि, पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए । प्रतियोगिताका लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी साउन १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
आयोजकका अनुसार आवेदन दिने मिति सकिएपश्चात अडिसनबाट छानिएका प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट २०, १० र ५ हुँदै अन्तिम प्रतिस्पर्धा गराई मिस टुरिजम–२०१८, मिस टुरिजम फस्ट रनर अप–२०१८, मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ का साथै अन्य उत्कृष्ट प्रतिस्पर्धीको छनोट गरिने छ ।
मिस टुरिजम–२०१८ लाई नगद रु ५० हजार, मिस टुरिजम फस्ट रनर अप–२०१८ लाई रु ३० हजार र मिस टुरिजम सेकेण्ड रनर अप–२०१८ लाई रु २० हजार प्रदान गरिनेछ । त्यसका साथै विभिन्न संस्था र कम्पनीका ब्राण्ड एम्बेसडर नियुक्त गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर प्रदान गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक काफ्लेले बताए ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले वोर्डका विदेशमा हुने ट्राभल फेयरहरुमा मिस टुरिजमका विजेतालाई सहभागी गराउन आवश्यक रहेको बताए ।
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले मिस टुरिजमलाई नयाँ पर्यटन प्रोडक्टको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले मिस टुरिजम अझ प्रभावकारी र अन्तर्राष्ट्रियस्तरमा लैजान आवश्यक रहेको उल्लेख गरे ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’