गौशाला-महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै मंगलबार दिउँसो अपराह्न ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर बर्दिबास सडकखण्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्प नजिकैको बाँसघार अगाडिबाट लुटेर भागेका हुन् ।
अनुहार छोपेर आएका लुटेराहरूले साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित