बेलायतका सामाजिक अभियन्ताहरु पनि सगुनतर्फ आकर्षित

लन्डन । अमेरिका बस्ने नेपालीले सुरु गरेको सोसियल 
इकमर्स साइट ‘सगुन’ मा लगानी गर्न बेलायतस्थित सामाजिक अभियन्ताहरु पनि आकर्षित भएका छन् । सगुनमा लगानीको अन्तिम समयसीमा २६ जुलाई २०१८ कायम गरिएपछि अन्तिम समयमा यसतर्फ बेलायतका नेपालीले चासो दिएका हुन् ।

गत सोमबार फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा आयोजित एक अन्तरक्रियामा बेलायतस्थित नेपाली संघसंस्थाका अगुवाहरुले नेपाललाई विश्व समुदायमा चिनाउन यो प्रोजेक्टमा सबैको साथ आवश्यक रहेको औंल्याए । उनीहरुले केही नेपालीको ‘इनोभेटिभ आइडिया’ को प्रशंसा समेत गरे ।

उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, एनआरएनए यूके सल्लाहकारहरु कृष्ण तिमल्सेना, शिवजी श्रेष्ठ, मगर संघ यूके अध्यक्ष नेम थापा, सहारा यूके अध्यक्ष मीन गुरुङ, तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङ, यती नेपाली असोसिएसन यूके महासचिव बाचस्पति रेग्मी लगायत अभियन्ताहरुले सगुनमा लगानी मुनाफाका लागि मात्र भन्दा पनि यसले विश्वको आइटी क्षेत्रमा नेपाल र नेपालीको चिनारी दिने धारणा राखे । सहभागीले सगुनमा लगानीका फाइदा, यसको प्रक्रिया र भावी योजनाबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सगुनका यूके सल्लाहकार सूर्य गुरुङ र संयोजक युवराज सेढाईंले अन्तिम पटक लगानीका लागि विश्वभर छरिएर रहेका नेपालीहरुलाई आव्हान गरे । सगुनको सुरुका दिन दुई मिलियन डलर भ्यालु रहेकामा अहिले ९३ मिलियन डलर पुगेको आफ्नो प्रिजेन्टेसनका क्रममा सेढाईंले जनाए । सन् २०२२ सम्म यसलाई न्यूयोर्क स्टक एक्सचेन्जमा पुरयाउने लक्ष्यसहित प्रवर्धकहरु जुटिरहेको बताइएको छ ।

सल्लाहकार सूर्य गुरुङले बेलायतमा कयौं सामाजिक अभियन्ताले यसमा लगानी गरिसकेको र अन्तिम समय रहंदा सबैलाई सूसुचित गराउन कार्यक्रम गरिएको जनाए । ‘यसमा जोखिम पनि नभएको होइन, तर हामी दृढ विश्वासका साथ लागिरहेका छौं । आशा छ लक्ष्यमा पुग्न अप्ठेरो हुने छैन्’- गुरुङले भने ।

‘कनेक्ट, शेयर, अर्न’ मिसन लिएको सगुनले गत वर्ष सन् २०१७, जुलाई २७ मा अमेरिकी निकाय ‘सेक्युरिटीजएण्ड एक्सचेन्ज कमिसन’को कानुनी अधिनमा रहि मिनी आइपिओ मार्फत २० मिलियन डलर उठाउन पाउने अनुमति पाएको थियो । अन्तिम समयसीमा उक्त कमिसनले नै निर्धारण गरेकाले त्यसपछि इच्छा भएर पनि सम्भव नहुने सगुन यूके पदाधिकारीले कार्यक्रममा अवगत गराएका थिए ।

उत्तर कोरिया र इरानबाहेक विदेशमा रहेका नेपालीले डेबिट र क्रेडिट कार्डमार्फत कम्तीमा एक हजार डलरको शेयर खरिद गर्न सक्नेछन् ।

सगुनमा हालसम्म ३५ सय भन्दा बढि लगानीकर्ताले पांच मिलियन डलर लगानी गरिसकेको र भारतीय मिडिया हाउस हिन्दूस्तान टाइम्सले पांच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको सगुनले जनाएको छ । लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी बन्ने विश्वास सगुनको छ ।

सगुनमा भारतकी चर्चित मिडिया सेलिब्रेटी मन्दिरा वेदीले समेत लगानी गर्ने घोषणा गरेकी थिइन् । सगुनको भारतमा पनि कार्यालय छ ।

हाल प्रविधि विकास, बजार प्रवर्धन र विज्ञ पदपूर्तिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको सगुनले केही महिनाअघिमात्र दिल्लीमा ‘एन्ड्रोयड एप’ सार्वजनिक गरेको थियो । उसको ‘एन्ड्रोयड एप’ दश लाख बढि डाउनलोड भइसकेको छ । सगुनले गिफ्ट र सपिङका लागि निकट भविष्यमा ‘सोसियल स्मार्ट कार्ड’ ल्याइने समेत जनाएको छ ।

सगुनमा लगानी गर्न तलको लिंकमा जानुहोला-

https://www.sagoon.com/invest

प्रतिक्रिया

सम्बन्धित सामाग्री