
लन्डन । बेलायतमा यही १३ सेप्टेम्बरमा हुने दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड-२०२५को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा इभेन्ट प्रमुख संयोजक उमेशराज मोक्तानले करिब ९० प्रतिशत तयारी भइसकेको जानकारी दिनुभएको हो । इन्फा इभेन्ट्स यूके र इन्फा नेपालले गर्न लागेको इन्फा अवार्डका लागि तीन दर्जन बढी कलाकार लन्डन आउने पनि उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार ११ सेप्टेम्बरमा नेपालबाट लन्डन आउने कलाकारहरुमा रमेश बुढाथोकी, दिपक राज गिरी, दीपाश्री निरौला, केदार घिमिरे प्रदीप खड्का, विजय बराल, दिलिप रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, जितु नेपाल, एन्जिला सुब्बा, समर्पण लामा, डान्सर एलिसा शर्मा, दिया मास्के, मेलिना राई, मलिना जोशीलगायत छन् ।
अवार्ड कार्यक्रम १३ सेप्टेम्बर साँझ लन्डन ग्रीनफोर्ड टाउन हलमा हुनेछ । ५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने छ । यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने पनि मोक्तानले जनाउनुभयो ।
दोस्रो इन्फा अवार्ड गर्न बेलायतबाट राज पाण्डे, उमेशराज मोक्तान, टंक पन्त र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहनुभएको छ ।
इभेन्टमा प्रवेश शुल्क २५, ३० र ५० पाउण्ड एवं भिआइपीका लागि १०० पाउण्ड राखिएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन