
लन्डन । बेलायतमा यही १३ सेप्टेम्बरमा हुने दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड-२०२५को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा इभेन्ट प्रमुख संयोजक उमेशराज मोक्तानले करिब ९० प्रतिशत तयारी भइसकेको जानकारी दिनुभएको हो । इन्फा इभेन्ट्स यूके र इन्फा नेपालले गर्न लागेको इन्फा अवार्डका लागि तीन दर्जन बढी कलाकार लन्डन आउने पनि उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार ११ सेप्टेम्बरमा नेपालबाट लन्डन आउने कलाकारहरुमा रमेश बुढाथोकी, दिपक राज गिरी, दीपाश्री निरौला, केदार घिमिरे प्रदीप खड्का, विजय बराल, दिलिप रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, जितु नेपाल, एन्जिला सुब्बा, समर्पण लामा, डान्सर एलिसा शर्मा, दिया मास्के, मेलिना राई, मलिना जोशीलगायत छन् ।
अवार्ड कार्यक्रम १३ सेप्टेम्बर साँझ लन्डन ग्रीनफोर्ड टाउन हलमा हुनेछ । ५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने छ । यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने पनि मोक्तानले जनाउनुभयो ।
दोस्रो इन्फा अवार्ड गर्न बेलायतबाट राज पाण्डे, उमेशराज मोक्तान, टंक पन्त र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहनुभएको छ ।
इभेन्टमा प्रवेश शुल्क २५, ३० र ५० पाउण्ड एवं भिआइपीका लागि १०० पाउण्ड राखिएको छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’