काठमाडौं । अहिलेकी लोकप्रिय गायिका सुशीला गौतमले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै नयां गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
सुशीला र चर्चित गायक खुमन अधिकारीको स्वरमा ‘रातो भाले…’ बोलको गीत र भिडियो सार्वजनिक भएको हो ।
शब्द सुशीला आफ्नै र संगीत खुमन अधिकारीको छ ।
विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा सुशीला, खुमन, प्रकाश र रिनाको मुख्य भूमिका छ भने सम्पादन मिलन बिकेले गरेका छन् ।
पछिल्लो पटक गायिका सुशीला गौतमले नेपाली लोकगायनमा शिखर चुमिरहेकी छन् । उनको केही अघिमात्र ‘गफ लायो सोल्टीले…’ गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।
विगत ८ वर्षदेखि गायनमा सक्रिय उनको ‘माइतीको माया…’ बोलको पञ्चेबाजा गीत अत्यधिक चर्चित भएको थियो । उक्त म्यूजिक भिडियोमा उनी आफैं बेहुली बनेर खेल्दा कतिपयले वास्तविक जीवनकै भनेर जिस्काउने पनि गर्थे ।
गुल्मी शान्तिपुर स्थायी निवासी सुशीलाले हालसम्म तीन दर्जन बढि गीत रेकर्ड गरिसकेकी छिन् । उनका प्राय गीत हिट छन् । सुशीला प्राय आफूले गाउने गीत आफैं लेख्छिन् ।
हेर्नुहोस् म्यूजिक भिडियो
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते