काठमाडौं । अहिलेकी लोकप्रिय गायिका सुशीला गौतमले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै नयां गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
सुशीला र चर्चित गायक खुमन अधिकारीको स्वरमा ‘रातो भाले…’ बोलको गीत र भिडियो सार्वजनिक भएको हो ।
शब्द सुशीला आफ्नै र संगीत खुमन अधिकारीको छ ।
विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा सुशीला, खुमन, प्रकाश र रिनाको मुख्य भूमिका छ भने सम्पादन मिलन बिकेले गरेका छन् ।
पछिल्लो पटक गायिका सुशीला गौतमले नेपाली लोकगायनमा शिखर चुमिरहेकी छन् । उनको केही अघिमात्र ‘गफ लायो सोल्टीले…’ गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।
विगत ८ वर्षदेखि गायनमा सक्रिय उनको ‘माइतीको माया…’ बोलको पञ्चेबाजा गीत अत्यधिक चर्चित भएको थियो । उक्त म्यूजिक भिडियोमा उनी आफैं बेहुली बनेर खेल्दा कतिपयले वास्तविक जीवनकै भनेर जिस्काउने पनि गर्थे ।
गुल्मी शान्तिपुर स्थायी निवासी सुशीलाले हालसम्म तीन दर्जन बढि गीत रेकर्ड गरिसकेकी छिन् । उनका प्राय गीत हिट छन् । सुशीला प्राय आफूले गाउने गीत आफैं लेख्छिन् ।
हेर्नुहोस् म्यूजिक भिडियो
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित