काठमाडौँ-स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म १९३ कर्मचारीले निवेदन फिर्ता लिइसकेका छन् । “सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता गर्न आह्वान गरेसँगै कर्मचारीले निवदेन फिर्ता लिइरहेका हुन्”- उनले भने, “अहिले दैनिक १० देखि १२ कर्मचारीले निवेदन फिर्ता लिइरहेका छन् ।”
अघिल्लो सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरे पनि वर्तमान सरकारले स्वेच्छिक अवकाश मुलुकका लागि उपयुक्त नहुने भन्दै स्वेच्छिक अवकाशमा नजान सुझाब दिएको हो । उनले अझै एक हप्तासम्म स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता लिने समयसीमा रहेको बताए ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि प्याकेज कार्यक्रम ल्याएको थियो । चार सचिवसहित करीब नौ हजार ६७२ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका थिए । प्रवक्ता अधिकारीले निवेदन फिर्ता नलिएका कर्मचारीका बारेमा सरकारले पछि निर्णय गर्ने जानकारी गराए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]