काठमाडौँ-स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म १९३ कर्मचारीले निवेदन फिर्ता लिइसकेका छन् । “सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता गर्न आह्वान गरेसँगै कर्मचारीले निवदेन फिर्ता लिइरहेका हुन्”- उनले भने, “अहिले दैनिक १० देखि १२ कर्मचारीले निवेदन फिर्ता लिइरहेका छन् ।”
अघिल्लो सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरे पनि वर्तमान सरकारले स्वेच्छिक अवकाश मुलुकका लागि उपयुक्त नहुने भन्दै स्वेच्छिक अवकाशमा नजान सुझाब दिएको हो । उनले अझै एक हप्तासम्म स्वेच्छिक अवकाशका लागि निवेदन फिर्ता लिने समयसीमा रहेको बताए ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि प्याकेज कार्यक्रम ल्याएको थियो । चार सचिवसहित करीब नौ हजार ६७२ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका थिए । प्रवक्ता अधिकारीले निवेदन फिर्ता नलिएका कर्मचारीका बारेमा सरकारले पछि निर्णय गर्ने जानकारी गराए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते