पेनाल्टी चुकेपछि मेसीलाई असहज महसुस

तस्विर- गेट्टी इमेजेज

मस्को-अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ ।

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए ।

पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा उनलाई आफ्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाई छ ।

खेलपछि पत्रकारहरुसँग साम्पौलीले भने “आइसल्याण्डको अत्यन्त रक्षात्मक खेलका कारण मेसीले धेरै असहज महसुस गरेका छन् ।” मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको धेरै आलोचना र उनीप्रति असन्तुष्टी व्यक्त भइरहेका बेला उनले असहज महसुस गरेको समाचार आएको हो ।

अर्जेन्टिनाले यो विश्वकपको दोस्रो खेल यही जुन २१ तारिख अर्थात् असार ७ गते क्रोएसियासँग खेल्ने छ । त्यतिबेला आफ्ना समर्थकहरुको मन बुझाउनेगरी खेल प्रदर्शन गर्ने अर्जेन्टिनाका खेलाडीहरुको अठोट छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री